जीवन मार्ग दर्शनका लागि बागलुङमा ‘द रोड अहेड’ हुँदै

आदर्श अनलाइन, बागलुङ
विद्यार्थीलाई जीवनको मार्गदर्शन गर्नका लागि बागलुङमा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीतमा ‘द रोड अहेड’ कार्यक्रम गरिने भएको छ ।

यही जेठ २८ गते बागलुङमा ग्रेस इन्टरनेशनल एजुकेशनको आयोजनामा वित्तीय, सामाजिक तथा कलाकारिताका चर्चित व्यक्तिहरुको उपस्थितिमा उत्पेरक अन्तरक्रियाको आयोजना गरिएको ग्रेस इन्टरनेशनल बागलुङ शाखाका सञ्चालक ओमकार पौडेलले जानकारी दिनुभयो ।

सोही कार्यक्रमको अवसरमा एक वर्षदेखि बागलुङबाट शैक्षिक गन्तव्यका विषयमा सेवा प्रदान गर्दै ग्रेस इन्टरनेशनल बागलुङ शाखाको कार्यालयसमेत उद्घाटन हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पौडेलले जानकारी दिनुभयो ।

शैक्षिक यात्राको रुपमा विभिन्न क्षेत्रमा चर्चित विज्ञ तथा कलाकारहरुले आफ्नो अनुभव र परामर्श दिने छन् । बागलुङमा अनिल केशरी शाह, एन्ड्रयु पौडेल, सौरभ लोहनी, राधाकृष्ण धिताल, विकास गुरुङ, सुरक्षा पन्त, रिमा विश्वकर्मा र कैलाश कार्की लगायतका चर्चित व्यक्तिहरु सहभागी हुने आयोजकले जनाएको छ । असल शैक्षिक परामर्श दिने ग्रेस इन्टरनेशनल बागलुङ शाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *