सिर्जनशील पत्रकारिता पुरस्कारबाट जिसी सम्मानित

आदर्श अनलाइन, म्याग्दी
सिर्जनशील पत्रकारिता पुरस्कार– ०७९ बाट कृष्णबहादुर जिसी पुरस्कृत हुनु भएको छ । प्रेस चौतारी नेपाल म्याग्दी शाखाको वार्षिक साधारण सभाका अवसरमा उहाँलाई पुरस्कृत गरिएको हो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कार्यसमिति सदस्य समेत रहनुभएका जिसीलाई नगद पाँच हजार पाँच सय ५५ रुपैंयाँसहित पुरस्कारसहित सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष अध्यक्ष गणेश बस्नेतले नेपाली प्रेसले लोकतन्त्रका पक्षमा कलम चलाउँदैआएको बताउनुभयो ।

‘प्रगतिशिल विचार र सत्य एवम् तथ्यमा रहेर कलम चलाउने नै प्रेसचौतारीले हो’ उहाँले भन्नुभयो । समाजमा पछाडि पारिएका समुदाय र विकास निर्माणमा हुने ढिलासुस्ती तथा विकृतिका बारेमा सबै सञ्चारकर्मीले कलम चलाउनुपर्नेमा बस्नेतले जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले राजनीतिक क्षेत्रमाजस्तै पत्रकारिता क्षेत्रमा छिटफुट विकृतिहरु रहेको र त्यसलाई सुधारेर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो । पत्रकार र प्रेस जगतलाई मर्यादित र विश्वसनीय बनाउन पत्रकारको भूमिका त हुन्छ नै राजनैतिक पार्टीले कस्तो प्रकारको भूमिका खेलन पर्ने सुझाव दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य तथा प्रेस चौतारी नेपाल गण्डकी प्रदेश इन्चार्ज रामकृष्ण ज्ञवाली, एमाले म्याग्दीका अध्यक्ष देबेन्द्र केसी, प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, महासचिव हिरामान लामा, प्रेस चौतारी गण्डकी प्रदेश अध्यक्ष इन्द्र पौडेल, एमालेका रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष प्रेमबहादुर कार्की पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, प्रेस युनियन म्याग्दीका सचिव साधन घर्ती, प्रेस सेन्टरका धिरेन खत्रीले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा प्रेस चौतारी नेपाल म्याग्दीका अध्यक्ष प्रताप बानियाँको अध्यक्षता, सचिव अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *