सेनाको अगुवाइमा विपद् पूर्वतयारी अभ्यास


अमृत बास्कुने, म्याग्दी

नेपाली सेनाको शत्रुभञ्जन गुल्मको अगुवाइमा विपद् पूर्वतयारी अभ्यास गरिएको छ । वर्षा यामको शुरुआत हुन लागको समय अनि भै परि आउने जोखिमलाई मध्येनजर गर्दै अभ्यास गरिएको हो ।

जोखिमको दृष्टिकोणले नेपाल भूकम्प, आगालागी, बाढी, पहिरो जस्ता बिपत्तीबाट अति सम्बेदनशिल पर्ने भएकाले विपत्तीबाट कम क्षती गर्नका लागि सेनाले अभ्यास गरेको जनाएको छ । विभिन्न प्रकारका प्रकृतिक प्रकोपबाट उत्पन्न हुने जोखिमपूर्ण अवस्थाको न्यूनिकरण गर्न स्थानिय प्रशासन, नेपाली सेना, अन्य सुरक्षा निकाय तथा स्थानीय जनताको संलग्नता रहेको अभ्यास भएको हो ।

नेपाली सेनाको अगुवाइमा भएको ‘अभ्यास मनसुन–३’ मा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय वासिन्दा तथा सामाजिक संघसंस्थाको समेत सहभागिता रहेको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताउनुभयो । बिपत् व्यवस्थापन समिति तथा जिल्ला सुरक्षा समितिको समेत समन्वयमा विपद् पूर्वतयारीका लागि अभ्यास मनसुन–३ भएको उहाँले बताउनुभयो ।

नेपाली सेनाले हरेक वर्ष सञ्चालन गर्ने विपद् प्रतिकार्य तालिमको तेश्रो संस्करणको रुपमा रहेको मनसुन–३ यस वर्ष पनि अभ्यास गरि सकिएको नेपाली सेनाको शत्रुभञ्जन गुल्मका गुल्मपति सेनानी शशांक राज अर्यालले बताउनुभयो । अभ्यासले सबै सरोकारवालाहरुलाई आफ्नो दायित्व बोध गराउनुका साथै विपद्को अवस्था सृजना भएमा क्षती कम गर्दै उद्दारमा सबैको सक्रियताका लागि महत्वपूर्ण हुने उहाँको भनाई छ । जेठ १३ गते बाट शुरु भएको अभ्यास जेठ २० गते सकिएको उहाँले बताउनुभयो ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरवाङ र उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६ पोखरेबगरमा भएको अभ्यासमा तीन सय भन्दा धेरै नागरिकको सहभागिता रहेको थियो । अभ्यासमा आगालागि नियन्त्रण, सिलिण्डरमा आगो लागेमा निभाउने तरिका, बिपद्को समय बाढीमा गरिने उद्दार, पहिरोबाट उद्दार गर्ने तरिकाको अभ्यास भएको अन्नपुर्ण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले बताउनुभयो । भिर तथा पहिरोमा अड्कोका नागरिकको उद्दार गर्ने र प्रथामिक उपचार कसरी गर्ने भन्ने समेत अभ्यास भएको उहाँको भनाई छ । अभ्यासले कुनै पनि समयमा हुन सक्ने विपद्मा कम क्षती हुने र उद्दारमा सहजता हुने अपेक्षा गर्न सकिने सुवेदीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *