प्रेस चौतारीका नेता शर्माले त्यागे पत्रकार महासंघको सदस्यता

आदर्श अनलाइन, बागलुङ

नेपाल पत्रकार महासंघले सञ्चालन गरेको शुद्धिकरण अभियानमा साथ दिदै प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सचिव रामकृष्ण शर्माले महासंघको सदस्यता त्याग गर्नु भएको छ ।

सोमबार बिहानआफ्नो सामाजिक सञ्जालमार्फत शर्माले महासंघले सञ्चालन गरेको सदस्य शुद्धिकरण अभियानमा ऐक्यवद्धता जनाउदै महासंघको सदस्यता त्यागेको जानकारी गराउनु भएको छ ।

२ दशकदेखि जिल्लाको पत्रकारितामा क्रियाशिल रहेका शर्माले नेपाल पत्रकार महासंघलाई विशुद्ध पत्रकारहरुको संस्था बनाउन महासंघले सञ्चालन गरेको अभियानलाई साथदिदै आफुले सदस्यता त्याग गरेको उल्लेख गर्नु भएको छ ।

पछिल्लो समय सामाजिक अभियान अन्तरगत नेकपा एमाले बागलुङ नगर कमिटिको सचिव तथा व्यवसायिक हिसावले सर्वसिद्धि हार्डवेयर प्रालिका सञ्चालक रहेका शर्माले पत्रकार महासंघले सञ्चालन गरेको अभियानलाई प्रभावकारी बनाउन सहयोग पुगोस भनेर आफुले सदस्यता त्याग गरेको जानकारी गराउनु भएको हो । महासंघले पूर्ण रुपमा पत्रकारिता पेशामा संलग्न भएका बाहेकका सदस्यहरुको सदस्यता नविकरण नगर्नका लागिजिल्ला र प्रदेश शाखाहरुलाई निर्देशन गरेको छ ।

श्री सूर्य साप्ताहिकबाट पत्रकारिता शुरु गरेका शर्माले धौलागिरी एफएमको स्टेशनम्यानेजर, धौलागिरी जागरण दैनिकको कार्यकारी सम्पादक लगायत विभिन्न सञ्चारमाध्यममा रहेर पत्रकारिता गर्नु भएको थियो ।

पछिल्लो समय राजनीति र व्यवसायमा संलग्नशर्मा प्रेस चौतारी नेपाल बागलुङको संस्थापक सचिव, जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुदै केन्द्रीय सचिवको जिम्मेवारी सम्हाली सक्नु भएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखामा रहेर समेत शर्माले पत्रकारीता क्षेत्र र महासंघ तथा सम्बद्ध संस्थाहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *