विश्व वातावरण दिवसमा बागलुङ जेसीजको वृक्षारोपण

रोहन जि.सी, बागलुङ

विश्व वातावरण दिवसको अवसरमा बागलुङ जेसीजको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बागलुङ जेसीजले बागलुङ भगवती कालिका मन्दिर परिसर विभिन्न प्रजातिका वृक्ष रोपण गरेको हो ।

‘प्लाष्टिकजन्य प्रदुषणबिरुद्ध लागौं’ भन्ने नाराका साथ मनाईएको दिवसमा जेसीजले प्राकृतिक संरचनाको संरक्षण र प्रदुषणको नियन्त्रणका लागि वृक्षारोपण गरिएको बागलुङ जेसीज वर्ष २०२३ का अध्यक्ष सौरभ श्रेष्ठले बताउनुभयो ।

उक्त मन्दिरको विभिन्न स्थल तथा द्धारमा रुद्राक्ष, विभिन्न फुलहरुको विरुवा रोपिएको श्रेष्ठले जानकारी दिनुभयो ।

वृक्षारोपण कार्यक्रममा बागलुङ नगरपालिका वडा नम्बर ३ का वडा सदस्य तथा कालिका मन्दिर व्यवस्थापन समिति सदस्य अर्जुन खड्का, मन्दिर व्यवस्थापन समिति सदस्य धुव्र खड्का, बागलुङ जेसीजका पुर्व अध्यक्ष सुदिप राजभण्डारी लगायत बागलुङ जेसीजका कार्यसमितिका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम बागलुङ जेसीज वर्ष २०२३ का अध्यक्ष सौरभ श्रेष्ठको अध्यक्षता, कार्यकारीणी उपाध्यक्ष गणेश महतोको स्वागत मन्तव्य र कार्यकारीणी उपाध्यक्ष सुशान्तकृष्ण श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

त्यस्तै बागलुङ भगवती कालिका मन्दिर व्यवस्थापन समितिले मन्दिर परिसरमा अहिले रुद्राक्षको विरुवाहरुलाई विशेष जोड दिइरहेको छ । मन्दिरको विभिन्न द्धार, स्थलमा रुद्राक्षको विरुवाहरु रोपिएका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । बागलुङमा अन्य सरकारी तथा सामाजिक संघ संस्थाले विश्व वातावरण दिवस मनाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *