विद्युतीय चार्ज स्टेशनले पर्यटकलाई राहत

आदर्श अनलाइन, बागलुङ

नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको छ । विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएपछि चार्जिङ स्टेशनहरु समेत खुल्न थाले पनि साना शहरमा चार्जरको समस्या छ । विद्युतीय सवारी साधनहरु बढ्दै गए पनि चार्जरको समस्याका कारण विद्युतीय सवारी साधनहरु अलपत्र परेको देखेपछि बागलुङ जिल्लाको एक होटलले होटलमै विद्युती चार्जरको सुविधा दिन थालेको छ ।

बागलुङमा विद्युतीय सवारी साधनहरु लिएर आउने पर्यटकहरु बढेका कारण बागलुङ बजारको होटल पिस प्यालेसले सात वार्ड क्षमताको विद्युतीय सवारी साधन चार्जरको सुविधा दिन थालेको छ । सर्वसाधरणका लागि राखिएको विद्युतीय चार्जर बागलुङमै पहिलो रहेको होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारीले जानकारी दिनुभयो ।

“विद्युतीय सवारीसाधनका लागि चार्जरको सुविधाका विषयमा पर्यटहरुले फोन गरेर सोध्न थाले, कतिपयी विद्युतीय सवारीसाधनहरु चार्जरको अभावमा अलपत्र परेको देखे” होटल व्यवसायी संघका अध्यक्ष समेत रहनुभएका राजभण्डारीले भन्नुभयो “होटलमा आउने पर्यटकलाई निःशुल्क रुपमा विद्युतीय चार्जरको सेवा लिन सक्नेछन् भने अन्य सर्वसाधारणहरुलाई समेत उक्त सेवा खुल्ला रहनेछ ।”

सामान्य घरायसी विद्युतमा विद्युतीय सवारी साधन चार्ज गर्न घण्टौं लाग्ने भएकाले विद्युतीय चार्जरको व्यवस्था गरेको राजभण्डारीको भनाई छ । उक्त विद्युतीय चार्जर कार र मोटरसाईकलका लागि उपलव्ध भएको हो । होटलमै विद्युतीय चार्जर सेवा पाएपछि पर्यटकहरुले ढुक्क भएर विद्युतीय सवारी साधन लिएर बागलुङ घुम्न आउन सक्ने होटल सञ्चालक राजभण्डारीले जानकारी दिनुभयो ।

विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएपछि जिल्लामा भित्रने पर्यटकहरुले विद्युतीय कार तथा मोटरसाईकल लिएर आउने क्रम बढेको पाइएको छ । ठूला सहरमा विद्युतीय चार्जीङ स्टेशनहरु स्थापना भइरहेको सन्दर्भमा साना शहरमा विद्युतीय चार्जीङ स्टेशनहरु नहुँदा सवारीधनीलाई असहज भएको पाइएको छ । बागलुङमा चार्जीङ स्टेशनहरु नखुल्दा पर्यटकहरुलाई समस्या नहोस भन्दै होटलमै विद्युतीय चार्जरको व्यवस्था गरेपछि सवारीधनीलाई सहज हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *