बागलुङमा अन्तर विद्यालय शिक्षक स्तरीय फुटसल प्रतियोगिता हुने

आदर्श अनलाइन, बागलुङ

बागलुङमा दोस्रो अन्तर विद्यालय शिक्षक स्तरीय फुटसल प्रतियोगिता शुरु हुने भएको छ । चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुलको आयोजनामा जेठ २६ र २७ गते बागलुङमा संचालन हुने गरि दोस्रो अन्तर विद्मालय शिक्षक स्तरीय फुटसल प्रतियोगिता शुरु हुन लागेको हो ।

उक्त प्रतियोगिताको लागि १० भन्दा बढि विद्मालयको सहभागीतामा प्रतियोगिता संचालन गर्न लागिएको चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुलका सूचना अधिकारी तार्जन कायत मगरले जानकारी दिनुभयोे ।

खेलमा सहभागि विद्मालयका शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । सो प्रतियोगिताको उद्घाटन २६ गते शुक्रबार दिउँसो १ बजे हुने छ ।

प्रतियोगिताको पहिलो चरणको खेल २६ गते शुक्रबार हुने रसेमिफाइनल र फाइनल खेल २७ गते शनिबार हुने चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुलका शिक्षक जीवन रोकाले जानकारी दिनुभयो ।

शिक्षकहरु अध्यापनका साथसाथै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा सक्रिय बन्न प्रेरणा बनोस् भनि प्रतियोगिताको आयोजना गरिएको चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुलका शिक्षक सुशिल राजभण्डारीले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टोलीले १५ हजार, मेडल, ट्रफी र प्रमाण पत्र र दोस्रो टोलीले १० हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडी सहित विधागत उत्कृष्ट खेलाडीहरु पनि पुरस्कृत हुने चिल्ड्रेन लाईफ इङलिस बोर्डिङ स्कुलका खेल प्रशिक्षक तथा प्रतियोगिताका संयोजक सौगात खड्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *