कोरोना भाइरसको प्रकोप र प्रभाव

कृषिता अधिकारी (निशा)

बदलिँदो मौसम संगै फैलिएको कोरोना भाइरसको पछिल्लो समयमा निकै चर्चा परिचर्चा बारम्बार मिडियामा आइरहँदा र यसको प्रकोप जहातही जुनसुकै देशमा पनि फैलिरहँदा यसको विषयमा आम जनचासो वा गम्भीर रुपमा रहेको छ । यसबारे राम्रोसँग अध्ययन, विश्लेषण गरि समयमा नै सचेत हुनु आवश्यक छ ।

किनकी यतिबेला कोरोना भाइरसले नेपालमा समेत डरत्रास फैलाइएको अवस्था छ । वास्तममा के हो त कोरोना भाइरस रु यो कसरी र के बाट उत्पन्न भयो र यसका उपायहरु कसरी अपनाउने भन्ने विषयमा जनचासो तिव्र रुपमा बढिरहेको छ । कोरोना अर्थात् नोबेल भाइरस, जनावरबाट सर्ने एक प्रकारको भाइरस हो । यो सर्वप्रथम सन् २००३ मा देखिएको थियोे । हाल मानिसबाट मानिसमा सरेको पुष्टि भएको छ । यसलाई सन् २०१९ मा नोबेल कोरोना भाइरस नाम समेत दिइएको हो । सामान्य रुघाखोकी देखि मिडल इस्ट रेस्टिपरेटरि सिन् ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरि सिन् ड्रोम जस्ता गम्भीर रोग निमत्याउने भाइरसको ठूलो समूह हो ।

यो रोग प्रारम्भिक चरणमा हावाबाट सर्छ । चरा र स्तनधारी जनावरको श्वासप्रश्वासबाट यो एक अर्कोमा सर्ने गर्छ । अधिकांश संक्रमणका वेला सामान्य फ्लु जस्तै देखिन्छ विशेषगरी जाडो मौसममा रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जब कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । क्रमश उच्च ज्वरो १०४ डिग्री फेरेनहाइट भन्दा बढि , टाउको दुख्ने, घाँटी तथा जिउ दुख्ने , श्वास प्रश्वासमा गाह्रो हुनु, निमोनिया हुनु तथा सिभिएर एक्युट रेस्पिरेटरि सिन् ड्रोम हुनु आदि । यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दै सर्दै मान्छेसम्म पुग्छ ठिक तेसै भइरहेको छ यो रोग हाल चिनबाट फैलिएको हो ।

चिनको हुबेई प्रान्तबाट सुरु भएको यो रोग विश्वका अन्य देशहरु संगै नेपालमा समेत भेटिएको छ ।
त्यसैगरी चिनबाट नेपाल फर्किएका एक युवामा कोरोना भाइरसको संक्रमण संगै यो रोगको प्रकोप बढेको हो । चिनमा मात्रै २० हजार ४ सय भन्दा बढि मानिस संक्रमित भएका र अन्य देश जस्तै हङकङ, मकाउ , फिलिपिन्स तथा ताइवान गरि अहिलेसम्म २४ देशमा यो भाइरसको संक्रमण देखिएको पुष्टि भैइसकेको छ । यो रोगले कम्तिमा ४ सय २५ भन्दा बढि मानिसको ज्यान गैइसकेको छ । यतिबेला गम्भीर रुपमा विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रुपमा आपतकालिन जोखिम मोलिरहेको अवस्था छ ।

त्यसैगरी संसारभर यो रोग फैलिरहँदा खेरी नेपालले पनि कडाइ साथ सर्तकता अपनाउन थालिसकेको छ । विमानस्थलमै स्वास्थ्यकर्मी शिविर क्याम खडा गरेकोे छ । जसले गर्दा यो रोग लागेको शंका भएमा तुरुन्त अस्पताल पु‍¥याउने व्यवस्था समेत गरिएको छ । यो रोग बारे सचेत हुन मिडियाले अहम भुमिका निभाएको छ । जसरि हल्लै हल्लामा फैलिएको यो भाइरल आज मुलुकभरी विकराल रुप लिएको छ ।

खासगरी चिनबाट एक युवक फर्किएको र उनलाई ज्वरो आउने र श्वास फेर्न गाह्रो भएकोले उनलाई यो रोग संक्रमिण भएको पुष्टि संगै यो भाइरसको चर्चा भएको थियोे । पछिल्लो समय झन्–झन् विकराल बन्दै जाँदा नेपाल सरकारले पनि चिनमा भएका विद्यार्थीहरुलाई सुरक्षीत साथ नेपाल फर्काइने घोषणा समेत गरिसकेको छ ।

त्यस्तै यसबाट जोगिनका लागि निम्न विधि अपनाउनु पर्छ ः जथाभावी हात नमिलाउनु, हात राम्रो सँग धुनु, जथाभावी छोएको, हात आँखा मुखमा नलैजाने, रुघाखोकी लागेको व्यक्तिको नजिक नजाने, खोक्दा हाछ्यु गर्दा नाक र मुख छोप्ने, जंगली तथा घरेलुु पशुपंछी सँग सिधै सम्पर्क नगर्ने अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने फ्लुको जस्तो लक्षण देखिएमा तुरुन्त हस्पिटल जाने गर्नुपर्छ । समयमा नै सचेत हुनुपर्छ । तसर्थ, यि र यस्ता भाइरसबाट बच्न आजै र अहिलैबाट सतर्कता अपनाउनु पर्छ भन्ने उद्देश्य बोकेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *