प्रथम शहिद लखन थापाको सम्झनामा बागलुङमा दिप प्रज्वलन

आदर्श अनलाइन,बागलुङ

नेपालका प्रथम शहिद लखन थापाको १४३ औं स्मृति दिवसको अवसरमा बागलुङमा दिप प्रज्वलन गरिएको छ ।

नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति बागलुङ र धौलागिरी बहुमुखी क्याम्पस इकाई समितिको संयुक्त आयोजनामा शहिद थापाको सम्झना र सम्मान स्वरुप दिप प्रज्वलन गरिएको संघले जनाएको छ ।

दिप प्रज्वलन पछि आयोजित कार्यक्रममा बोल्दै नेपाल मगर विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य एवं काठेखोला गाउँपालिका वडा नम्बर १ का अध्यक्ष खडक थापा र नेपाल मगर विद्यार्थी संघका निर्वतमान केन्द्रीय सदस्य पुरन श्रीसले राज्यले विभिन्न समयमा बलिदान दिएकाहरुलाई यथोचित सम्मान गर्न नसकेको बताउनुभयो ।

तत्काालिन जहानिया राणा शासनको अन्त्यको लागि जनस्तरबाट पहिलो पटक बिद्रोह गरि बलिदानी दिने प्रथम शहिद थापाको सम्मानमा सरकारले हिच्किचाहट गर्नु बिडम्बना भएको उनीहरुको भनाई थियो ।

कार्यक्रम नेपाल मगर विद्यार्थी जिल्ला कार्य समिति बागलुङका अध्यक्षसागर घर्ती मगरको अध्यक्षता, सह–सचिव मिना थापाको स्वागत र सचिव डम्मर बुढा मगरको संचालनमा सम्पन्न भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *