बागलुङमा बढ्दै स्वास्थ्य बीमाको पहुँच

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–४ उपल्लाचौरका मोहदत्त आचार्यले स्वास्थ्य बीमा गर्न थालेको ६ वर्ष पुग्यो । स्वास्थ्य बीमा बाट उपचार गराउदा ठूलो राहत मिलेको आचार्यको भनाई छ ।

“लगातार ६ वर्षदेखि स्वास्थ्य बीमा गर्दै आएको छु, गत वर्ष त एक लाख रकमनै उपचारमा सकियो, तीन हजार पाँच सय रकम तिरेर एक लाखको उपचार पाउदा निकै राहतको महशुस भयो” आचार्यले भन्नुभयो “स्वास्थ्यबीमाले उपचारमा सहज बनाएको छ, अहिले स्वास्थ्यबीमा गर्न आवश्यक छ भनेर आफैले समेत अरुलाई भन्ने गरेको छु ।”

बागलुङको धौलागिरी अस्पतालको स्वास्थ्य सेवा विस्तार संगै स्वास्थ्य बीमाको पहुँच बढ्न थालेको हो । पैसा बोकेर अस्पताल जानेहरु अहिले स्वास्थ्य बीमाको कार्ड बोकेर अस्पताल धाउन थालेका छन् ।

आर्थिक अवस्था कमजोर भएकालाई स्वास्थ्य बीमाले निकै सजिलो भएको बीमा कर्ताहरु बताउछन् । अहिले धौलागिरी अस्पतालमा दैनिक न्युनतम ३०० जना स्वास्थ्य बीमा गरेका बीमीतहरु सदस्य नियमित सेवा लिन अस्पतालमा आउन थालेको धौलागिरी अस्पतालको भनाई छ । अस्पतालमा दिन नसकिएको सिटिस्क्यान, एमआरआई र अन्य ठूला रोगको उपचारका लागि स्वास्थ्य बीमाबाटै रिफर गर्दै आएको अस्पतालले जनाएको छ ।

पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बीमा गनको संख्यामा क्रमश बढ्दै आएको छ । स्वास्थ्य बीमाबाट विमित परिवारलाई रु.१ लाख बराबरको एक वर्षसम्म निःशुल्क उपचारको सेवा प्रदान गर्ने भए पछि बिमा कार्यक्रममा सहभागी हुनेको संख्या पनि उल्लेख्य रुपमा बृद्धि भएको छ । जिल्लामा ४० प्रतिशत नागरिक हाल स्वास्थ्य बीमाको पहुँचमा आइसकेको स्वास्थ्य बीमा बोर्डल बागलुङले जनाएको छ ।

बागलुङ जिल्लामा ३१ हजार ९१० परिवारका ९७ हजार ९८९ जना स्वास्थ्य बीमामा आबद्ध भएका स्वास्थ्य बीमा बोर्ड बागलुङका जिल्ला संयोजजक दिनेश जिसीले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष स्वास्थ्य बीमा गर्नेको संख्या ७ प्रतिशतले बृद्धि भएको जिसीको भनाई छ ।

बागलुङ जिल्लामा रु. ५१ हजार ७३३ जना महिला र ४६ हजार २६१ जना पुरुष स्वास्थ्य बीमामा आबद्ध भइसकेको र सबैभन्दा बढी बीमा बागलुङ नगरपालिकामा भएको बताउनुभयो । “बिपन्न समुदायको लागि स्वास्थ्य बीमा निकै प्रभाबकारी बनेको छ” उपचार पाएकाले बीमा नविकरण गर्ने गरेका छने भने केहीले उपचार नपाएको गुनासो समेत गर्ने गरेका छन्” जिसीले भन्नुभयो “बीमाबाट दसेवा पाएकाले अन्यलाई समेत बीमा गर्न हौसला दिएका छन्, तयसैको प्रभावले बीमामा आबद्ध हुनेको संख्यमा क्रमश वृद्धि भएको छ ।”

यो वर्ष स्वास्थ्य बीमामा आबद्ध हुनेको संख्यामा १० प्रतिश वृद्धि गरी ५० प्रतिशत पु¥याउने स्वास्थ्य बीमा गर्ने योजना रहेको छ । बागलुङका १० स्थानीय तहमध्ये केही पालिकाले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेका कारण स्वास्थ्य बीमा गराउनेको संख्यामा वृद्धि हुँदै आएको हो । जिल्लाको बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकाले लक्षित वर्षलाई निःशुल्क स्वास्थ्य बीमा गराउन थालेको छ ।

गाउँपालिकाले निति तथा कार्यक्रममा नै समावेश गरी सवै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउन निःशुल्क स्वास्थ्य बीमा गराउने गरी जिल्लाका पालिकाहरु अगाढी बढेको देखिन्छ । जिल्लाको काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र जैमिनी नगरपालिकाले गरिब तथा विपन्नका लागि निःशुल्क स्वास्थ्य बीमा गर्ने योजनाका साग कार्यक्रमहरु अगाढी बढाएका छन् ।

बडिगाड गाउँपालिकाले अति विपन्न, एकल महिला, एकल पुरुष, स्वास्थ्य स्वयंसेविका र अपाङ्गता भएकालाई निःशुल्क बीमा गर्न थालिएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।

बीमा कार्यक्रममा सहभागी गराउनको लागि जिल्लामा ७८ जना दर्ता सहयोगी खटाईएको स्वास्थ्य बीमा बोर्ड बागलुङले जनाएको छ । स्वास्थ्य बीमा गरेका बिरामीका लागि बागलुङ सदरमुकाममा रहेको धौलागिरी अस्पताल, ढोरपाटनमा रहेको बुर्तिबाङ प्रास्वाके, गल्कोट नगर अस्पताल, जैमिनीको कुश्मीसेरामा रहेको नगर अस्पताल प्रथम सेवा विन्दुको रुपमा रहेर बिमितहरूलाई उपचार सेवा दिइरहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो ।

धौलागिरी अस्पतालमा मात्रै दैनिक ८० प्रतिशत विरामी स्वास्थ्य बिमाका विमित सदस्य आउने गरेको धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.रविरञ्जन प्रधानले जानकारी दिनुभयो ।

ग्रामीण क्षेत्रका विपन्न परिवारलाई अझै पनि स्वास्थ्य बीमाको फाइदाको विषयमा जानकारी हुन नसक्दा उनिहरु विमित हुन नसकेको स्वास्थ्य बीमा बोर्डको भनाई छ । पाँच जनाको परिवारले रु. ३ हजार ५०० सय तिरेमा एक वर्ष सम्मका लागि रु. १ लाख सम्मको स्वास्थ्य बीमाले तोकेको अस्पतालमा उपचारका लागि रकम तिर्नु पर्दैन । यदी परिवारमा थप संख्या भए १ जना बराबर ७०० थप गर्नुपर्छ । बीमा कार्यक्रममा जेष्ठ नागरिक, अति गरिब परिवार, एचआईभि एड्स संक्रमित र द्वन्द्व पीडितलाई परिचय पत्रको आधारमा निःशुल्क बीमा गर्ने गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *