स्वाभिमान सहकारीको रणनीतिक योजनाको समिक्षा

आदर्श अनलाइन, बागलुङ
स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङको ४ वर्षे रणनीतिक योजनाको समिक्षा कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

रणनीतिक योजनालाई समय अनुकुल बनाई तोकिएका लक्ष्य प्राप्तिका लागि सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र कर्मचारीको भूमिका प्रभावकारी बनाउनका लागि समिक्षा कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष शिवकला थापाले जानकारी दिनुभयो ।

पछिल्लो समय सहकारीमा देखिएका समस्याहरुको पहिचान गरी आगामी योजनालाई थप प्रभावकारी बनाउन तथा संस्थाले लिएका लक्ष्यहरुलाई समय अनुकुल परिवर्तनका लागि रणनीतिक योजनाको समिक्षा गरिएको उहाँले बताउनुभयो ।

सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र कर्मचारीहरुको सहभागितामा रणजनीतिक योजनाको समिक्षासंगै वार्षिक योजना, योजना कार्यान्वयनका लागि जिम्मेवारी लगायतका विषयमा छलफल गरिएको सचिव रेणु केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीमा समस्या आउन नदिनका लागि सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र कर्मचारीहरुले आफुलाई तोकिएका जिम्मेवारी प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभयो ।

बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुले आफ्ना सदस्यहरुलाई ऋण लगानी गर्नु पर्नेमा संस्थाको बचत रकम निजी घरजग्गा खरिद गर्न प्रयोग गर्ने सहकारीहरुका कारण यतिबेला सबै सहकारीप्रति नकरात्मक धारणा बढ्दै गएकाले सदस्य केन्द्रीत कारोबार गर्ने सहकारीहरुले आफ्ना सदस्यहरुलाई यस्ता विषयहरुमा जानकारी गराउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

आगामी ४ वर्षमा ५ हजार जना शेयर सदस्य, ५ करोड शेयर रकम, ३० करोड बचत, २५ करोड ऋण लगानी, १ करोड जगेडा कोष सहित ३६ करोड कुल सम्पत्ती बनाउने गरी रणनीतिक योजना निर्माण गरिएको संस्थाका कोषाध्यक्ष पम्फा खड्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *