दिल्ली जाने सहकारीकर्मीहरुलाई महासंघको अभिमुखीकरण


आदर्श अनलाइन, बागलुङ

भारतीय राष्ट्रिय सहकारी संघ (एनसियूआई) को आयोजनामा नयाँदिल्लीमा हुने नेपाली सहकारीकर्मीहरुका लागि नेतृत्व रुपान्तरण तालिममा सहभागिता जनाउने सहकारीकर्मीहरुका लागि राष्ट्रिय सहकारी महासंघ नेपालले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

महासंघको व्यवस्थापनमा जेठ २९ देखि असार १ गतेसम्म भारतको नयाँ दिल्लीमा सञ्चालन हुने नेपाली सहकारीकर्मीहरुका लागि नेतृत्व रुपान्तरण तालिममा सहभागी हुने नेपाली सहकारीकर्मीहरुका लागि आइतवार एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको महासंघले जनाएको छ ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले नेपालको सहकारी अभियान र भारतीय सहकारी अभियान बीच लामो समयदेखि सहकार्य हुदै आइरहेको बताउनुभयो । उहाँले भारतीय राष्ट्रिय सहकारी महासंघले नया दिल्लीमा आयोजना गरेको नेपालका सहकारीकर्मीहरूको नेतृत्व रूपान्तरण तालिममा सहभागी हुन जान लागेका सहकारीकर्मीहरूलाई शुभकामना दिदै नेपालको सहकारी अभियानको गुणात्मक विकासमा भारतीय सहकारी अभियानको योगदानको बारेमा चर्चा गर्नुभएको थियोे ।

महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले तालिममा सहभागी सहकारीकर्मीहरुले आपूmले प्रतिनिधित्व गरेको संस्था र देशको प्रतिष्ठालाई उच्च महत्व दिन आग्रह गर्नुभयो । उहाँले भारतीय सहकारी अभियानको विकासका लागि त्यहाँको सरकारले बजेटमा समेटेको उल्लेख गर्दै सरकारको सहयोग बिना सहकारी अभियान अगाडि बढ्न नसक्ने हुदा नेपाली सहकारी अभियानको गुणात्मक विकासका लागि सरकारको ठोस सहयोग आवश्यक रहेको बताउनुभयो ।

महासंघको प्रतिनिधित्व गर्दै अध्ययन अवलोकन कार्यक्रमको टोली नेताका रूपमा जान लाग्नु भएका महासंघका संचालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी. (अञ्जु) ले सवै सहकारीकर्मीहरूको समन्वय र सहकार्यबाट कार्यक्रम प्रभावकारी बन्ने कुरामा जोड दिनुभएको थियो । अभिमुखीकरण कार्यक्रममा महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बाले कार्यक्रमको महत्वका साथै वैदेशिक अध्ययन भ्रमण तथा तालिममा सहभागीहरुले अपनाउनु पर्ने सतर्कताका बारेमा प्रकाश पार्नु भएको थियो ।

उहाँले तालिम सिक्ने र सिकाउने अवसर भएकाले नेपाली सहकारी अभियानले हासिल गरेका राम्रा उपलब्धीहरुका बारेमा अनुभव आदानप्रदान गर्न समेत सुझाव दिनुभयो । तालिम तथा अध्ययन अवलोकन भ्रमणमा ६ प्रदेशका सहकारीकर्मी एवं केही स्थानीय तहमा सहकारी हेर्ने जनप्रतिनिधि र कर्मचारी समेत गरी २६ जनाको सहभागीता रहनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *