रघुगंगाको ‘भगवती र झिँ’मा कोल्डस्टोर


आदर्श अनलाइन, म्याग्दी

हिमाली जिल्ला म्याग्दीको उत्तरी रघुगंगा गाउँपालिका–२ भगवती र वडा नं. ५ झिँमा गाउँपालिकाले कोल्डस्टोर निर्माण गरेको छ ।

गाउँपालिकाका इन्जीनियर सुदिप गौतमका अनुसार २०७९ चैत ३० गते निर्माण सम्पन्न गर्नेगरी २०७९ बैशाख २५ गते सम्झौता भएको थियो । डोलेस्वार महादेव निर्माण तथा सप्लायर्स प्रालि काठमाडौं सँग ठेक्का मार्फत गाउँपालिकाले ९१ लाख दुई सय १७ रुपैंयाँ २५ पैसामा सम्झौता गरेको थियो । कृषि उपज संकलन, भण्डारण र व्यवस्थापनका लागि कोल्डस्टोर निर्माण गरिएको गौतमले बताउनुभयो । भगवतीमा निर्माण भएको कोल्डस्टोरका लागि एक करोड १३ लाख ४८ हजार आठ सय ८५ लागत स्टमेट गरीएको भए पनि ठेक्का लाग्दा कम रकममा कार्य सम्पन्न भएको उहाँको भनाइ छ ।

‘गाउँपालिका भित्र उत्पादन हुने कृषिजन्य उत्पादनको उचित व्यवस्थापनमा कोल्ड स्टोर कोसेढुंगा साबित हुने अपेक्षा गरेका छौं्’ उहाँले भन्नुभयो, ‘कोल्डस्टोर निर्माणले कृषकहरुले उत्पादन गरेको सामग्री नष्ट हुने तथा खेर जाने समस्याबाट उनीहरु मुक्त हुने अपेष्क्षा गरेको प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद ढकालले बताउनुभयो ।

रघुगंगा गाउँपालिकाको वडा नम्बर १ बेग, २ भगवती र ३ पिप्ले क्षेत्रमा सुन्तला जातका फलफूल तथा आलुलगायतका उत्पादनलाई कोल्डस्टोरमा राखेर अफ सिजनमा विक्री गर्न सकेको खण्डमा कृषकले राम्रो मुल्य पाउने अपेक्षा गरिएको ढकालले बताउनुभयो ।

त्यसैगरी झिँमा कोल्डस्टोर निर्माणका लागि उपभोक्ता समिति सँग २३ लाख ४६ हजार छ सय ६७ रुपियाँमा सम्झौता भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको १९ लाख ६० हजार र उपभोक्ता समितिको दुई लाख १७ हजार छ सय ६० रुपियाँ बराबरको जनश्रमबाट २० मेट्रिकटन क्षमताको कोल्डस्टोर निर्माण भएको हो । निर्माण सम्पन्न भएको कोल्डस्टोरमा रघुगंगा गाउँपालिकाको झिँ तथा पाखापानी एवम् बेनी नगरपालिकाको पात्लेखेतका कृषकले पनि आलु भण्डारण गर्नका लागि सेवा लिन सक्ने इन्जीनियर गौतमले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *