शिक्षकहरुको फुटसल प्रतियोगिताको उपाधि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानलाई

रोहन जि.सी, बागलुङ

बागलुङमा हालै सम्पन्न अन्तर विद्मालय स्तरिय शिक्षकहरुको फुटसल प्रतियोगिताको उपाधि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानले प्राप्त गरेको छ ।

चिल्ड्रेन लाईफ इङ्गिलस बोर्डिङ स्कुलको आयोजना तथा चिल्ड्रेन लाईफ स्पोट्र्स क्लब बागलुङको सह आयोजनामा शुरु भएको प्रतियोगितामा शनिबार भएको फाइनल खेलमा धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानले आयोजक चिल्ड्रेन लाईफ सेतोलाई ७–३ गोलको अन्तरले उपाधि हात पारेको हो ।

प्रतियोगिताको फाइनल खेलमा धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानले आयोजक चिल्ड्रेन लाईफ सेतो लाई ७–३ गोलको अन्तरले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले उत्कृष्ट प्रर्दशन गरेका थिए । दुवै टिमको आक्रमक प्रस्तुतीले दर्शकहरुको माहोल तताएको थियो ।

प्रतियोगिताको समापनमा बोल्दै प्रमुख अतिथि बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले खेल जीवनमा आवश्यकका साथसाथै स्वस्थ रहने उपाय रहेको बताउनुभयो । नगर शिक्षा अधिकारी पोख्रेलले शिक्षकले शिक्षा र खेलमा उत्तिकै योगदान पु¥याउन आव्हान गर्नुभयो ।

समापन कार्यक्रम चिल्ड्रेन लाईफ इङ्गिलस बोर्डिङ स्कुलका प्रधानध्यापक नवराज श्रेष्ठको अध्यक्षता, रोहन जि.सीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतियोगितामा विजेता धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानले रु १५ हजार, मेडल, ट्रफी तथा प्रमाण पत्र र त्यस्तै उपविजेता चिल्ड्रेन लाईफ सेतोले ले रु १० हजार, मेडल, ट्रफी तथा प्रमाण पत्र प्राप्त गरेको चिल्ड्रेन लाईफ स्पोट्र्स क्लबका जीवन रोकाले जानकारी दिनुभयो ।

उक्त प्रतियोगिता रस हावर फुटसल बागलुङ नगरपालिका – ३, गुठी, बागलुङको मैदानमा सम्पन्न भएको र सो प्रतियोगितामा ११ टिमको सहभागिता रहेको चिल्ड्रेन लाईफ स्पोट्र्स क्लबका सौगात खड्काले जानकारी दिनुभयो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानका भविष्य सेदांई, भेट्रान खेलाडीको रुपमा चिल्ड्रेन लाईफ सेतोका कप्तान दिपक थापा मगर, उत्कृष्ट किप्पर धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानका प्रविनजंग थापा, सर्वाधिक गोलकर्ता चिल्ड्रेन लाईफ सेतोका सुरेश सुनार (७ गोल) ले र अनुशाषित टिममा विद्मामन्दिर मा.वि पुरस्कृत भएको इङ्गिलस बोर्डिङ स्कुलका सूचना अधिकारी तार्जन कायत मगरले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *