मुक्ति समाज बागलुङको अध्यक्षमा खिम माया बिक


सुजन रेग्मी, बागलुङ

मुक्ति समाज बागलुङको छैठौ जिल्ला अधिवेशन आज सम्पन्न भएको छ । जिल्ला अधिवेशनले खिम माया बिकको नेतृत्वमा सर्वसम्मत २५ सदस्यीय जिल्ला समिति गठन गरिएको छ ।

समाजको उपाध्यक्षमा धन बहादुर परियार र टेक माया बि.क, सचिवमा विष्णुराज बिक, उपसचिवमा कविराज किसान रहनुभएको छ ।

अधिवेशनको उद्घाटन पछि बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सांसद गोबिन्द नेपालीले मुक्ति समाजले सामाजिक नेतृत्व स्थापित गर्नका लागि भूमिका खेल्दै आएको बताउनुभयो । कार्यक्रममा मनोहर बि पौडेल, मुक्ति समाज नेपाल केन्द्रिय सचिवालय सदस्य एबम जिल्ला इन्चार्ज धन बहादुर परियार तथा नेकपा एमाले जिल्ला सचिव बिष्णु भुसालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम मुक्ति समाजका अध्यक्ष मनोज विकको अध्यक्षता, लक्ष्मण बरालको स्वागत तथा सुनिता बिकको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *