काठेखोलाको गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाई

आदर्श अनलाईन, बागलुङ
स्थानीय तहको पारदर्शीता, सुशासन र जवाफदेहिताका लागि बागलुङको काठेखोला गाउँपालिकामा पालिका स्तरीय सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । काठेखोला गाउँपालिकाको आर्थिक सहयोग तथा लेखन नेपाल मिडिया प्रा.लिको सहजीकरणमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका निमित्त प्रमुख प्रशसकीय उत्तम पौडेलले काठेखोला गाउँपालिकाको आय–व्यय प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकामा चालु आर्थिक वर्षमा दोस्रो पटक गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु थापाले समग्र उपलब्धी सार्वजनिक गर्नु भएको थियो ।

पालिकाले एक वर्षमा गरेका भौतिक पूर्वाधार, शिछ्या, पर्यटन तथा सिप विकास लागायतका प्रगती भएको गाउँपालिका अध्यक्षले बताउनुभयो । पालिकाको न्याय सम्पादन र बजेट निर्माणको जानकारी गाउँपालिका उपाध्यक्ष तेज बहादुर थापाले गराउनुभएको थियो । सार्वजनिक सुनुवाईमा पत्रकार संगम घर्तीले नागरिक सन्तुष्टि सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

नागरिक सन्तुष्टि सर्वेछणमा ६० प्रतिशत नागरिक पालिकाको सेवा प्रवाहका विषयमा सन्तुष्ट रहेको पाइएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरूले विकास निर्माण, सेवा प्रवाह र पालिकाको केन्द्र लगायतका विषयमा प्रश्न र जिज्ञासा राख्नुभएको थियो । योजनाको प्राथमिकताको आधारमा बजेट विनियोजन गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा स्थानीय रेम भण्डारी, जग बहादुर राना, आशिष थापा मगर, जब्बर बहादुर लामिछाने, चक्रपानी कंडेल, जयराम कंडेल, जगुपती कंडेल, विश्नु कंडेल, शिवलाल कंडेल,गोविन्द कार्की, डिलाराम कंडेल, टिका थापा, विदुर भण्डारी, प्रेम थापा, कृष्ण कंडेल, पार्वती कंडेल र विष्णु आलेले सडक निर्माण, स्टमेट अनुसारको भुक्तानी नभएको सडक, खानेपानी तथा बाँदर समस्या लगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो ।

सार्वजनिक सुनुवाईमा कान्तिपुरका पत्रकार प्रकाश बराललले टिप्पणी गर्नुभएको थियो भने पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतमले आचारसंहिताका विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेज बहादुर थापा निमित्त प्रमुख प्रशासकीय अधिकृत उत्तम पौडेल, वडा नम्बर १ का अध्यक्ष खडकबहादुर थापा, २ वडा अध्यक्ष विद्यापती शर्मा, र शाखा प्रमुखहरूले स्थानीयका जिज्ञासा सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रम गाउँपालिका अध्यक्ष राजु थापाको अध्यक्षता तथा पत्रकार डम्मर बुढा मगरको सहजीकरणमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *