पर्वतमा महोत्सव हेर्न गएका बालकलाई कालीगण्डकीले बगायो

आदर्श अनलाइन, पर्वत

जिल्लाको जलजला गाउँपालिका वडा नं ३ वारी बेनीमा आयोजित महोत्सव अवलोकनका लागि गएका एक बालकलाई शनिवार दिउँसो कालीगण्डकी नदिले बगाएको छ ।

कुश्मामा संचालित सामुदायिक रेडियो दिदिबहिनीले आयोजना गरेको महोत्सब हेर्न गएका म्याग्दीको धौलागिरि गाउँपालिका १ गुर्जाका अन्दाजी ९ बर्षका शिशिर छन्त्याललाई कालीगण्डकी नदीले बगाएको हो ।

नदिले बगाएर झण्डै सय मिटर तल पु¥याएका बालकलाई तत्काल सुरक्षाकर्मीको सहयोगमा उद्धार गर्दा बालक ठुलो दुर्घटनाबाट जोगिएका छन् । नदिले बगाएका कारण बालकको हात खुट्टा, ढाडमा समेत गम्भीर चोटपटक लागेको प्रहरीले जनाएको छ । उनको म्याग्दी स्थित बेनी अस्पतालमा उपचार भैरहेको छ । महोत्सव स्थलकै डिलतिर खेलिरहेका बालक एक्कासी नदिमा खसेपछि बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक विकास थापाका अनुसार सुरक्षाकर्मीले बगाएको पाँचरसात मिनेटमै उद्धार गरेका कारण बालकको ज्यान बचाउन सफल भएको हो ।

नदि किनारमै गरिएको उक्त महोत्सव सुरक्षाका दृष्टिकोणले संवेदनशिल रहेको छ । पटक पटक जिल्ला सुरक्षा समितिको वैठकले उक्त स्थानमा महोत्सव गर्न अस्वीकृत गरेपनि पूर्व सांसद समेत रहेकी रेडियोकी अध्यक्ष कल्पना चापागाईले अटेर गरेरै महोत्सव आयोजना गर्नुभएको हो ।

सुरक्षा समितिको वैठकले उक्त ठाउँको विकल्प खोज्न आग्रह गरेको थियो । नदि किनारमै संचालन गरिएको र अझै दर्शकहरुका लागि डुंगा शयरको समेत आकर्षण रहेकाले अझै दुर्घटना बढ्न सक्ने देखिएको हो ।

यसअघि बाह« पटक सम्म महोत्सव गर्दै आएकी पूर्व सांसद चापागाईको महोत्सव वर्षेनी अपारदर्शि र हिसाव किताव समेत सार्वजनिक नगरेको गुनासो चुलिएपछि यसपटक कुश्माबाट सारेर जलजलाकै वारीबेनीमा महोत्सव आयोजना गर्नुभएको हो । वर्षेनी लाखौ रुपैया आम्दानी गर्ने तर संस्थागत समेत नगर्ने र हिसाव किताव समेत सार्वजनिक नगर्ने भएपछि रेडियो संचालन गरेको संस्था नारि उत्थान समाजका पदाधिकारीहरुले समेत संस्थाबाट बाहिरीएका थिए ।

नदि किनारको जोखिम स्थानमा संचालित महोत्सवको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले फागुन १ गते उद्घाटन गर्नुभएको ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *