सीमा विवादले विकास निर्माणमा समस्या

डम्मर बुढा मगर, बागलुङ
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनु पूर्व बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने गुमनाम थियो । यहाँ तीन जिल्लाका भेडी गोठालाले भेडा चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएका थिए । स्थानीय तहको स्थापनापछि निसीखोला गाउँपालिकाले वि.सं. २०७५ सालमा रिगतालको पहचिान गरि प्रचारप्रचार र पूर्वाधार निर्माण गरेको थियो । पातीहाल्ने क्षेत्र र रिग ताल प्रचारप्रसारपछि पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गए । सोही वर्ष पूर्वी रुकुमको भूमे गाउँपालिकाले बागलुङको भू–भागमा आएर प्रवेशद्वार निर्माण गरेपछि विवाद सिर्जाना भएको थियो ।

पाँच वर्ष अगाडिदेखि सुरु भएको विवाद अहिलेसम्म सुल्झिन सकेको छैन । सीमा विवाद नसुल्झिँदा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको काम ठप्प भएको छ । सरोकारवालाहरुले विवाद मिलाउन कोशिस गरे पनि अहिलेसम्म कुनै पनि निचोड निक्लिएको छैन ।

पातीहाल्ने दुई जिल्ला मात्रै नभएर गण्डकी र लुम्बिनी प्रदेशकै सीमा क्षेत्र पनि हो । दुबै जिल्लाका सरोकारवाला बीच पटक–पटक सहमति जुटाउने प्रयास विगतमा भए तर त्यसले कुनै सहमति नजुटेपछि विवाद कायमै रहेको हो । दुई वर्ष अगाडि सीमा विवाद टुंग्याउन कार्यदलसमेत बनेको थियो । कार्यदलसमेत विवाद टुङ्याउन सकेन ।

दुवै जिल्लाका जनप्रतिनिधिहरुले विवाद नसुल्झिएसम्म यस क्षेत्रमा विकास निर्माणका काम नगर्ने सहमती भए पनि भूमे गाउँपालिकाले बागलुङको भूभाग तिर ल्याउने गरि सडक निर्माण गरि रहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताउनुभयो ।

विवाद टुङ्गाएर काम गर्ने गरि निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा पाँच लाख रुपैयाँ विनियोजन गरेको उहाँको भनाइ छ । सहमती विपरित भूमे गाउँपालिकाले विवाद नटुङ्ग्याइ काम गरि रहेको अध्यक्ष घर्ती मगर भन्नुहुन्छ ।

“पहिले सीमाको बारेमा कुनै विवादनै थिएन, जब निसीखोला गाउँपालिकाले रिग तालको विकास गर्न थाल्यो, पातीहाल्नेदेखि तालसम्म जोड्ने सडक बनायो, पर्यटक पनि आउन थाले त्यसपछि भूमे गाउँपालिकाले हाम्रो भने र दावी गर्न थाल्यो” अध्यक्ष घर्ती मगरले भन्नुभयो – “यो भू–भाग बागलुङकै हो, यहाँ वर्षौँदेखि बागलुङै मान्छेले उपयोग गर्दै आएका थिए, विवाद मिलाउन धेरै पटक प्रयास भएका थिए, सफल नर्भपछि विवाद नरोकिएसम्म यस क्षेत्रमा कुनै पनि पालिकाले विकास निर्माणका कामहरु नगर्ने भन्ने सहमति ग¥यौँ तर उहाँहरुले अहिले काम गरि राख्नु भएको छ ।”

मध्यपहाडी लोकमार्गले दुई जिल्ला नजोडिँदा यस क्षेत्रमा निसीखोलाका स्थानीयले चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको निसीखोला गाउँपालिका–६ का स्थानीय पानबहादुर विकले बताउनुभयो । घर्तीले रिगतालमा पछिल्लो समय सयौँ पयर्कटहरु आउन थालेपछि रुकुमले आफ््नो दाबी गरेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ – “पहिला यो ठाउँ सुनसान थियो, गोठाला बाहेक अरु मान्छे आउँदैनथे, बाह्रै महिना चिसो हुन्छ, अहिले पातीहाल्नेमा घरहरु बनेर व्यापार पनि सुरु भएको छ, दिनदिनै गुम्न आउने मान्छेहरुको भिड हुन्छ, वर्षौँदेखि हामीहरुले प्रयोग गर्दै आएको ठाउँलाई कसरी उनीहरुको भनेर स्वीकार गर्ने ? यो त राज्यले मिलाउनु पर्छ, विवाद बढ्दै गयो भने त पछि समस्याहरु पर्न सक्छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *