आदर्श अनलाइन, बागलुङ
इमेज बचत तथा ऋण सहकारीका सञ्चालक चित्र बहादुर भण्डारी र कर्मचारी लालमती रोकालार्ई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
बचतकर्ताहरुको अरबौं रकम ठगेर संस्थापक अध्यक्ष देव कुमार नेपाली फरार भएपछि सञ्चालक भण्डारी र रोकालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिनुभयो ।
भण्डारीलाई प्रहरीले बिहीबार बुर्तिबाङ बजारबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको छ । साथै शुक्रबार इमेज सहकारीका कर्मचारी लालमती रोकालाई प्रहरीले ताराखोलाबाट पक्राउ गरेको हो । कर्मचारी रोकालाई पनि आजै जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याइएको छ ।
भण्डारीलाई बुर्तिबाङ बजारबाट र रोकालाई ताराखोलाबाट पक्राउ गरि अनुसन्धान अगाडि बढाइएको र अरु सञ्चालकहरुको खोजी भइरहको प्रहरीले जनाएको छ ।
इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीले सहकारीको अरबौं रकम हिनामिना गरि सपरिवार जेठ ५ गते बुर्तिबाङ बजारबाट फरार भएपछि अनुसन्धानका लागि सञ्चालक र कर्मचारी नियन्त्रणमा लिन थालिएको हो ।
नेपालको नेता अनि पुलिस प्रशासनको मिलिमतो मै पुरै नाटक हुँदै छ।जाबो एउटा नेपालको पुलिसले परार ब्यक्तिलाइ समाउन सक्दैन भने पुलिसको के काम यति काम पनि पत्ता लगाउन नसक्ने पुलिस प्रशासन देख्दा मलाइ दिक्कार लाग्छ। एउटा भनाइ छ नि माउ बिना चल्लाको केही लाग्दैन भन्ने। त्यस्तै भएको छ इमेज सहकारीको नि। जुन ब्यक्तिलाइ समाउने पर्ने हो त्यो ब्यक्तिलाइ समाउन सक्दैन भन्दा नि समाउदैन(पक्रीदैन)