आदर्श सञ्चार सहकारी संस्थाद्वारा राहत हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राहत हस्तान्तरण गरेको छ ।

संस्थाका शेयर सदस्य तथा बागलुङ नगरपालिका वडा समन्वय उपसमिति बा.न.पा–९ का संयोजक उमा खड्काकी सासुआमा, शेयर सदस्यहरु रोजित खड्का र आकृति खड्काकी हजुरआमा बागलुङ नगरपालिका – ९ तित्याङ निवासी बसुन्धरा खड्का क्षेत्रीको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा गरि राहत हस्तान्तरण गरेको हो ।

खड्का क्षेत्रीको निधन भएको नवौं दिनको पुण्यतीथि पारेर शुक्रबार श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाले राहत रकम हस्तान्तरण गरेको हो ।

श्रद्धाञ्जली सभामा संस्थाका शेयर सदस्य किरण थापा लगायतले एकाघरका परिवारका सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप नगद रु. पाँच हजार रुपैयाँ स्वर्गीय खड्काको परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा रु.१५ हजार र शेयर सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा रु.५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *