नवरामरेखा तरकारी उत्पादक सहकारीद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका १ रामरेखा स्थित रामरेखा आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

रामरेखामा संचालित नवरामरेखा तरकारी उत्पादक सहकारी संस्थाले रामरेखा आधारभुत विद्यालयमा अध्यनरत ९२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

सहकारीको तर्फबाट ३० हजार बरावरको कपि प्रति विद्यार्थी ७ वटाको दरले वितरण गरिएको र सापकोटा स्टेशनरी एण्ड बुक सेन्टरबाट प्राप्त पेन र पेन्सिल प्रति विद्यार्थी ३ वटाका दरले वितरण गरिएको सहकारीका प्रवन्धक बिरोश क्षेत्रीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहकारीका अध्यक्ष नारायणप्रसाद शर्मा, उपाध्यक्ष बसन्त मल्ल, सहसचिव राधाकुमारी शर्मा र ऋण उपसमितिका संयोजक सुवास आचार्यले मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम बिद्यालयका प्रधानाध्यापक कविराज जिसीको अध्यक्षता, सहायक प्रधानाध्यापक प्रतिभा सुवेदीको स्वागत र शिक्षक रेशम गोतामेको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *