पानीको पर्खाइमै बित्यो दलित बस्तीको दुई दशक

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–८ सिगाना लामीचौरका दलित बस्तीमा खानेपानीको हाहाकार भएको २० वर्ष पुग्यो । २०० घरपरिवार रहेको एउटै गाउँमा नेता तथा सरोकारवाला खानेपानीको सपना बाढ्दै चुनावका लागि मात्रै पुग्ने गर्दछन् । निर्वाचनको समयमा खानेपानीको आश्वासन बाढ्न दलित बस्तीमा पुग्ने नेताहरु त्यस पछि फर्केर जादैनन् । देशमा संघीयता आएसंगै खानेपानी आउने सपना बोकेका स्थानीय दलित समुदायले सात वर्ष सम्म पानी ल्याउन नसकेको गुनासो गरेका छन् ।

बागलुङ नगरपालिका–८ सिगाना लामीचौर दलित बस्तीमा वर्षौदेखि खानेपानीको चरम संकट भएपनि हाल सम्म उक्त संकट टार्न सकिएको छैन । निर्वाचनताका मात्रै खानेपानीको नारा घन्किने दलित समुदायमा हालसम्म पानी आउन सकेको छैन ।

चुनावताका भोटबैंकको रूपमा चिनिँदै आएको दलित बस्तीकै कारण धेरैले चुनावसमेत जित्दै आएका छन् तर चुनावताका गरिएको खानेपानी पु¥याउने वाचा भने अझै पूरा हुन सकेको छैन् । बागलुङ नगरपालिकाभित्रकै सबैभन्दा बढी सुक्खाग्रस्त क्षेत्रका रूपमा चिनिएको लामीचौर दलित बस्ती खानेपानीको सपना दुई दशक भन्दा बढी समय बित्दासमेत पूरा हुन नसकेको हो ।

खानेपानीको आशामा भोट हाल्दै आएका जनता पानीको अभावमा काकाकुलजस्तै बन्दै आएको स्थानीय विष्णु परियारले बताउनुभयो । “चुनावमा मात्रै नेताहरु खानेपानीको सपना बोकेरे आउछन्, अहिले सम्म धारा बन्न सकेन, पहिलाका सांसद र नगरप्रमुखले लिफ्ट आयोजना थाले अहिलेकाले अर्को खानेपानी योजना ल्यायका छन् रे तर जस्ले जे लिएपनि अहिले सम्म पानी आउन सकेन” परियारले भन्नुभयो “खानेपानी गाउँमै एउटा धारामा आउछ भने अर्को बस्ती मुनीको मुलबाट ल्याउछौं, विहान खानेपानी बोक्दै जान्छ, यस्तो दुर्दशा कहिले सम्म रहला कुन्नी ।”

दुई सयभन्दा बढी घर रहेको उक्त लामिचौरको गाउँमा शतप्रतिशत दलित समुदाय मात्रै बसोबास गर्दै आएका छन् । विसं २०५० भन्दा अघि बनेको खानेपानी आयोजनाको उचित मर्मतसम्भार नहुँदा जीर्ण अवस्थामा छ । दुई सय घर परिवारमा जम्मा छ वटामात्रै सामुदायिक धारा रहेका छन् जसमध्ये एउटा धारामा मात्रै पानी आउने गरेको स्थानीय विष्णु परियारले जानकारी दिनुभयो ।

रेशको बौरमुनीबाट ल्याइएको खानेपानी अहिले मर्मत सम्भार समेत नहुँदा मुहान सुक्दै गएको छ भने उपल्लो लामिचौरमा पानीको सदुपयोग नहुँदा दलित बस्तीमा खानेपानी पुग्न नसकेको हो । २० वर्ष देखि खानेपानीका विषयमा दलित बस्ती च्यापिएको र थिचिएको महशुस भएको स्थानीय तथा पत्रकार सज्जनकुमार सिंह विश्वकर्माले बताउनुभयो । विभिन्न गाउँमा एक–घर एक धारा बनिसक्दा यहाँ अत्तोपत्तो छैन ।

“हामी जस्तो सचेत नागरिकले सरोकारवाला निकायलाई गुनासो सुनाउदा सुनाउदै वाक्क भइसकेका छौं, अन्य दलित समुदायको कुरा कस्ले सुन्ने, अब आन्दोलित हुनुको विकल्प छैन” विश्वकर्माले भन्नुभयो “दलित बस्तीमा पानी ल्याउन लिफ्ट आयोजना सञ्चालन भएपनि बजेट अभावमा ढिलाई भएको छ, अहिले बागलुङ नगरपालिकाले नयाँ योजना ल्याएको छ तर कहिले पानी आउछ टुङ्गो छैन ।”

खानेपानीलाई राजनीतिक मुद्दा बनाउदा दलित बस्तीले वार्षोदेखि यो नियती भोग्दै आएको विकको भनाई छ । २०७७ माघबाट दलित बस्तीमुनी काठखोला गाउँपालिका–७ खानदुलोमा रहेको मुहानबाट लिफ्ट मार्फत पानी पु¥याउनेगरी आयोजना शुरु भएपनि बजेट थोरै निकासा हुँदा आयोजना सम्पन्न हुन ढिलाई भएको लामिचौर लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष पूर्ण बहादुर कार्कीले बताउनुभयो ।

वर्षमा १० लाख बजेट आउदा यो खानेपानी आयोजना सक्न अझै चार वर्ष लाग्ने कार्कीको भनाई छ । कार्कीका अनुसार लिफ्ट आयोजनाका लागि खानदुलो र लामिचौरमा खानेपानी ट्याङ्की निर्माण भइसकेको र अब मोटर तथा पाइपलाईन र घर–घरमा धारा विस्तारको काँम बाँकी रहेको बताउनुभयो ।

खानेपानी ल्याउने अथक प्रयासपछि स्रोतको पहिचान गरी गण्डकी प्रदेश सरकार र बागलुङ नगरपालिकाको सहयोगमा लिफ्ट योजना अगाडी बढेको भएपनि अहिलेको निर्वाचित जनप्रतिनिधिले लिफ्ट आयोजनालाई प्राथमिकता नदिएर रु. ७० लाख बजेटमा नयाँ आयोजना निर्माण गर्न थालिएको छ ।

लिफ्ट आयोजनालाई सक्नेमा नगरपालिकाको ध्यान नदिएर अर्को आयोजना ल्याउनु समन्वयको अभाव भएको स्थानीयको गुनासो छ । प्रदेश सरकारबाट तीन पटकसम्म बजेट आए पनि मुहान नहुँदा कार्यान्वयन हुन नसके पनि २०७७ सालदेखि सुस्त गतीमा लिफ्ट आयोजना निर्माण चलिरहेको छ ।

लिफ्ट आयोजनालाई सम्पन्न नहुन्जेल क्रमश बजेट व्यवस्थापन भइरहने र आगमी दिनमा बजेट बढाउन पहल भइरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख तुल्सी बस्नेतले जानकारी दिनुभयो । प्रदेश सरकारलाई दलित बस्तीको खानेपानीको विषयमा जानकारी दिएर बजेट बढाउन आग्रह गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *