राजमो बागलुङको प्रशिक्षण,मोहन विक्रम र केसीले दिए प्रशिक्षण

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय जनमोर्चा बागलुङको दुई दिने जिल्ला प्रशिक्षण भेला आइतवार सम्पन्न भएको छ ।

भेलाको समापन समारोहमा राष्ट्रिय जनमोर्चाका पुर्व सचिव कृष्ण अधिकारीले गलत तथा दुषित राजनीति कारण जनताको जीवनस्तरमा परिवर्तन आउन नसक्नु दुर्भाग्य भएको बताउनुभयो ।
यो गलत राजनीतिलाई चिर्ने जिम्मेवारी राष्ट्रिय जनमोर्चाको भएकाले सबै कार्यकर्ता जुझारु भएर लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंङ्गाना, अखिल नेपाल युवक संघका पुर्व अध्यक्ष तथा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य तिलक थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार टिकाराम शर्मा, अखिल नेपाल महिला संघ बागलुङ सल्लाहकार फुलकुमारी शर्मा, व्यवस्थापनको तर्फबाट प्रेम थापा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भेलाको उद्घाटन समारोह पश्चात् सुरु भएको प्रशिक्षण कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंह, राष्ट्रिय जनमोर्चा केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी, केन्द्रीय प्रशिक्षक दुर्गा खरेल लगायतले विभिन्न बिषयमा प्रशिक्षण दिनु भएको थियो ।

नरबहादुर पुन, टंक केसी, कृष्णा पुन, गोबिन्द पौडेल र नर बहादुर सुनार रहेको ५ सदस्यीय अध्यक्ष मण्डल बनाएर सञ्चालित भेलाको बन्द सत्रमा पालिका स्तरिय रिपोर्टिङ भएको थियो । जिल्ला सचिव भिमलाल पोखरेलले प्रस्तुत गर्नु भएको सांगठनिक तथा अभियानको कार्यतालिका छलफलबाट पारित गरेको छ ।

कार्यक्रममा अध्यक्ष अमर थापाले कार्यक्रम र अभियानको उदेश्यबारे प्रष्ट पार्नु भएको थियो । भेलाले फागुन महिनामा जिल्लाभर अभियानमा परिचालन हुने १० वटा टोली समेत बनाइएको राजमोले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *