निजि विद्यालयका विद्यार्थीहरुलाई दिइने छात्रवृत्ति पुर्ण कार्यान्वयन गर्नुपर्ने माग राख्दै अनेरास्ववियु बागलुङको ध्यानाकर्षण

रोहन जि.सी, बागलुङ

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बागलुङले निजि विद्यालयले जम्मा विद्यार्थी संख्याको १०% विद्यार्थीहरुले पाउनु पर्ने छात्रवृत्ति पुर्ण कार्यान्वयन गर्नुपने तथा विभिन्न महत्वपूर्ण माग राख्दै बागलुङ नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बागलुङ नगरपालिका नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रल समक्ष ८ बुँदे माग पेश गरेको हो । सरकारी विद्यालयमा मात्र नभएर निजि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पाउने छात्रवृत्तिलाई छिटोछरितो कार्यान्वयनमा ल्याउन नगरपालिकाले विशेष पहल गर्न माग गरिएको छ ।

उक्त ज्ञापन पत्रमा कानूनत विद्यार्थी संख्याको १०% छात्रवृत्ति पाउने व्यवस्था भएकोमा हाल निजि विद्यालयले सो व्यवस्था कार्यान्वयन नगरेको पाइएकाले सो छात्रवृत्ति वडा कार्यलयले सिफारिस गरेको विपन्न विद्यार्थीले पाउने गरी लागु गर्ने र कानून विपरित कार्य गर्ने विद्यालयलाई कारवाही गर्ने र कक्षा १ देखि १२ सम्मको शिक्षालाई अनिवार्य निः शुल्क हुने निति विपरित कतिपय विद्यालयहरु पाइएकाले तत्काल उक्त शुल्क लिन बन्द गराउने र सिट क्षमताका आधारमा मात्रै सवारी साधनमा विद्यार्थीहरुलाई ओसार पसार गर्नुपर्ने लगायतको माग उल्लेख गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बागलुङका अध्यक्ष रोशन जि.सीले जानकारी दिनुभयो ।

त्यस्तै संस्थागत विद्यालय वर्गिकरणका आधारमा स्थानिय तहबाट स्वीकृत शुल्कको दर अनुसार समान वर्गिकरणमा समान शुल्क लागु गर्नु पर्ने र तल्लो कक्षामा उत्तिर्ण भइ सोहि विद्यालयको माथिल्लो कक्षामा जादा लिइएको भर्ना शुल्क वा व्यावस्थापन शुल्क तुरुन्त फिर्ता गर्न माग गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज रोशन कुँवरले बताउनुभयो ।

नेपाली विद्यार्थी आन्दोलनको मुख्य विद्यार्थी संगठनको रुपमा रहेको अनेरास्ववियुले आफ्नो स्थापनाकाल देखिनै आम जनजिविका र गुणस्तरीय सर्वसुलव तथा सहज रुपमा शिक्षा प्राप्तिका लागि आवश्यक सल्लाह, सुझाव सहित कार्यान्वयन गर्न निरन्तर रुपमा सम्बन्धित निकायहरुलाई खवरदारी गर्दै आएको छ । साथै शैक्षिक क्षेत्रमा भएका विकृति, बिसंगती, अनियमितता र भ्रष्टाचारका विरुद्ध अनेरास्ववियुले सशक्त प्रतिकार गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *