बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

आदर्श अनलाइन, म्याग्दी
नेपाल राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले शैक्षिक तथा सांगीतक सामग्री हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानले बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको बालजागृती आधारभुत विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि १५ हजार रुपैंयाँ मुल्य पर्ने सामग्री हस्तान्तरण गरेको अध्यक्ष ध्रुव जिसीले जानकारी दिनुभयो ।

विश्व संगीत दिवसको अवसर पारेर फरक क्षमता भएका बालबालिकालाई कपि, कलमका साथै सांगितिक सामग्री हस्तान्तरण गरिएको थियो । शैक्षिक सामग्री अध्यक्ष जिसी तथा गण्डकी प्रदेश सदस्य अमित विश्वकर्मा, पूर्व सदस्य तथा सर्जक नकुल ढकाल, प्रथम उपाध्यक्ष एकराज चापागाइँ लगायतले हस्तान्तरण गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *