कास्की आदर्श समाजले सर्वाधिक राशिको भलिबल प्रतियोगिता गर्ने

आदर्श अनलाइन दोहा, कतार
बकर इदको अवसरमा कतारमा सर्वाधिक धन राशिको अन्तर नेपाली खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

कास्की आदर्श समाज कतारको आयोजना र गैरआवासीय नेपाली संघ रास्टिय समन्वय परिषदको खेलकुद बिभागको सहकार्यमा प्रतियोगिता गर्न लागिएको बुधबार राती पत्रकार सम्मेलनमा मार्फत जानकारी गराईएको हो ।

नेपालबाट भलिबल टिमका पुर्व कप्तान सहित रास्टिय खेलाडीको समेत सहभागीता रहने प्रतियोगिताको प्रथम पुरस्कार ५ हजार रियल राखिएको छ । यो रकम नेपाली संघ–सस्थाले आयोजना गर्ने भलिबल प्रतियोगिता मध्य सर्वाधिक धन राशिको हो । प्रतियोगिताको दोस्रो पुरस्कार २ हजार पाच सय, तेस्रो पुरस्कार १ हजार र सान्त्वना ५ सय रहेको छ भने टिम दर्ता शुल्क ५ सय पाच कतारी रियल रहेको छ । प्रतियोगिताको लागि एनसीसी कतारले नगद ३ हजार रियल सहयोग गर्ने भएको छ ।

सनैया लेफ्ट साईडको स्ट्रिट ५४ नम्बरमा २७ जुनमा उद्घाटन गरिने प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले २५ तारिक भित्र दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ । नेपाल बाट पुर्व कप्तान इम रानामगर, बिशाल बिक र मनोज खड्का आउने कास्की आदर्श समाजका उपाध्यक्ष एवं भलिबल प्रतियोगिताका संयोजक अमृत विश्वकर्माले जानकारी दिनुभयो ।

भलिबल खेललाई ब्यबस्थित र सुरक्षीत गर्न प्राथमिक स्वास्थ्य सेवा सहित उल्लेख्य स्वयंसेवकको ब्यबस्थापन गरिएको कास्की आदर्श समाज कतारका अध्यक्ष अग्निधर देवकोटाले बताउनुभयो । अध्यक्ष देवकोटाले नेपालको रास्टिय खेल भलिबल सबै नेपालीमा लोकप्रिय रहेकोले लामो समय देशको लागि भलिबल खेलेका खेलाडीको सम्मान, यहाँका खेलाडीलाई प्रोत्साहन र प्रतियोगितालाई ब्यबस्थित गर्न नेपाल देखी अनुभवी खेलाडी ल्याउन लागिएको बताउनुभयो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ रास्टिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले एनसीसी कतारले दोहाका समाजीक सस्थाले खेलकुद लगाएत नेपालीको हितमा गर्ने कुनै पनि कार्यक्रममा आवश्यकता अनुसार सहकार्य र सहयोग गर्ने बताउदै राम्रो योजना लिएर आउन आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ शाखा कतारका कार्यबाहक अध्यक्ष दिल कुमार श्रेष्ठ, कास्की आदर्श समाज कतारका संरक्षक बिमल सुवेदी, आश बहादुर गुरुङ, गैर आवासीय नेपाली संघ रास्टिय समन्वय परिषद कतारका प्रवक्ता सन्तोष क्षत्री, नेपाली जनसम्पर्क समिती कतारका महामन्त्री केदार भुसाल, गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेल, लुम्बिनी प्रदेश समन्वय परिषद कतारका सचिव विक्की गैरै,कास्की आदर्श समाज कतारका सल्लाहकार रेशम बस्नेत, नवीन पौडेल जिल्ला सस्थाका अध्यक्ष एवं प्रतिनिधि र विभिन्न सन्चार माध्यममा आवद्ध पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रमको सन्चालन कास्की आदर्श समाज कतारका सचिव बिष्णु प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *