पैयुका महिला सहकारीकर्मीलाई सूचना प्रविधि तालिम


आदर्श अनलाइन, बागलुङ

पैयु गाउँपालिका पर्वतले महिला सहकारीकर्मीहरुका लागि आयोजना गरेको सूचना प्रविधि तथा क्षमता विकास सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ ।

पालिका भित्र महिलाहरुले सञ्चालन गरेका सहकारीमा कार्यरत महिलाहरुलाई सूचना प्रविधिका बारेमा सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको पालिकाले जनाएको छ ।
तालिमको शुभारम्भ गाउँपालिकाका उपाध्यक्ष याम कुमारी रानाले गर्नु भएको थियो । उहाँले सहकारीहरुलाई प्रविधिमैत्री बनाउन तथा महिला सहकारीकर्मीहरुलाई दक्ष बनाएर व्यवस्थित रुपमा सहकारी सञ्चालनका लागि तालिम सहयोगी हुने बताउनु भएको थियो ।

तालिममा सहकारीकर्मी प्रतिमान पौडेलले सहकारीमा प्रयोग हुने सफ्टवेयर र लेखा प्रणाली, गाउँपालिकाका सूचना अधिकृत रविन्द्र गौतमले इमेल इन्टरनेट र सहकारी शाखाका प्रमुख युवराज सुवेदीले सहकारीका विषयमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन गाउँपालिकाका महिला तथा बालकालिका शाखा प्रमुख देवी डुम्रेले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

तालिम समापन कार्यक्रममा सहभागी दुर्गा शर्मा सुवेदीले गाउँपालिकाले सहकारीहरुको प्रवद्र्धनका लागि सहकार्य र समन्वय गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *