बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम (पूर्णपाठ)

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले १३ औं नगरसभा मार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नगरप्रमुख बसन्त कुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सुन्दर, समृद्ध, सुखी र खुसी बागलुङ नगरको परिकल्पना गरिएको छ । आर्थिक विकास तर्फ कृषिलाई उद्यम, कृषकलाई उद्यमी, निःशुल्क कृषि परामर्श सेवा, गरौं कृषि उत्पादन हातमा, प्रकोप परे विमा छ साथमा लगायतको नीति अवलम्बन गरिएको छ ।

यस्तै जग्गा धनी र कृषकलाई जोडौ जमीन बाँझो नछोडौं भन्दै बाँझो जग्गा सदुपयोग गर्ने नगरको नीति रहेको छ । यस्तै पर्यटन तर्फ कृष्णगण्डकी सभ्याता पर्यटन विकास गुरुयोजना अगाडी बढाइने, बागलुङ घुम्न जाऔं अभियान चलाइने, आफू जन्मेको माटो, आफू हिडेको बाटो कार्यक्रम मार्फत युवालाई स्वदेश फर्काउने, शैक्षिक गुणस्तर वृद्धिका लागि अविभावक संग नगर प्रमुख कार्यक्रम शुरु गरिने नीति लिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

यसैगरी पढ्दै कमाउदै, कमाउदै सिक्दै अभियान ल्याउने, विषय विज्ञ शिक्षकहरुलाई घुम्ती शिक्षकको रुपमा परिचालन गर्ने, स्वास्थ्य प्रतिको सचेतना, सुत्केरी महिलालाई पोषण युक्त खाना, बागलुङ नगरी स्वास्थ्य संस्थामा डेलभीभरी भन्ने नारालाई कार्यान्वयनमा लैजाने नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

जेष्ठ नागरिक, असहाय र आर्थिक विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने, एक वडा एक खेल मैदान निर्माण गर्ने, खेल प्रशिक्षक र खेलाडीलाई प्रोत्साहन गर्ने, दीगो सडक निर्माणमा ध्यान दिने, एक वडा एक नमूना पूर्वाधार अगाढी बढाउने नगरको नीति रहेको छ ।

नगरपालिकाले श्रम बैंक निर्माण गर्ने, तामाखानीको अध्ययन गर्ने, मेयर मेरो साथी कार्यक्रम सञ्चालन गर्ने लगायतको नीति लिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *