कृषि विज्ञ र प्राविधिकबीच छलफल


आदर्श अनलाइन, बागलुङ

जिल्लामा रहेका कृषि प्राबिधिकहरुले कृषि तथा पशुपालनमा देखिएको समस्याको विषयमा कृषि विज्ञ संग छलफल गरिएको छ ।

कृषि ज्ञान केन्द्र बागलुङको आयोजनामा शुक्रबार कृषि प्राबिधिक कार्य समुह बैठकमा कृषि तथा पशु पालनमा देखिएको समस्याको विषयमा छलफल तथा विज्ञको तर्फबाट समाधानको प्रयास गरिएको थियो ।

बैठकमा जिल्लामा कृषि तथा पशु पालन सम्बन्धी अवसर र चुनौतीको विषयमा छलफल गरिएको छ । बैठकमा भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र बागलुङका वरिष्ठ पशु चिकित्सक डा.ऋषि सापकोटाले लम्पी स्कीन रोगको बारेमा जानकारी दिनुभएको थियो । उहाँले यो रोगका कारण जिल्लाका कृषकहरुले ठूलो क्षति भोग्नु परेको बताउनुभयो ।

उहाँले लम्पी स्कीन रोग लागेको गोरुलाई जोताउन नहुने बताउनुभयो । लम्पी स्कीन रोग लाग्दा गाई, गोरु र भैँसी कमजोर हुने बताउँदै यस्तो अवस्थामा जोताउँदा गोरुको मृत्यु समेत हुन सक्ने बताउनुभयो ।

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले कृषि ज्ञान केन्द्रको समन्वयकारी भूमिका र विभिन्न पालिकाले कृषि क्षेत्रमा छुट्याएको बजेटको विषयमा प्रस्तुीत दिनुभएको थियो । उहाँले जिल्लाका १० स्थानीय तह मध्ये बागलुङ नगरपालिकाले कृषि क्षेत्रमा सबैभन्दा कम बजेट बिनियोजन गरेको बताउनुभयो । चालु आर्थिक बर्षमा कम बजेका छुट्टाइएकोे उल्लेख गर्दै उहाँले आगामी दिनमा बजेट थप गर्न आग्रह गर्नुभयो ।

लुम्ले कृषि अनुसन्धान केन्द्रका रमेश आचार्यले जिल्लाको लागि उपयुक्त कृषि तथा पशु पालनको विषयमा प्रस्तुती गरेका गनुभएको थियो । उहाँले बिऊ छनोट र मलको मात्रा मिलाउन नसक्दा प्रयाप्त उत्पादन नहुने उल्लेख गर्दै बिऊ छनोट, मलको मात्रा मिलाउन सके कृषकले राम्रो उत्पादन पाउने बताउनुभयो ।

जिल्ला समन्वय समिति बागलुङका समन्वय अधिकारी कृष्णराज गौतमले पछिल्लो समय कृषि पेशा धरापमा परेको बताउनुभयो । कृषि प्रधान देश नेपालमा कृषि पेशा नै धरापमा पर्नु दुःखद रहेको उहाँको भनाई छ । उहाँले कृृषिको विकास र विस्तारमा सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।
बैठकमा सहभागि प्राबिधिकहरुले विभिन्न पालिकाले बनाएको नीति तथा कार्यक्रम र बजेटको बारेमा सहजीकरण गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *