प्रेस युनियन बागलुङको अध्यक्षमा संगम घर्ती

आदर्श अनलाइन, बागलुङ
नेपाल प्रेस युनियन बागलुड शाखाको अध्यक्षमा संगम घर्ती मगर सर्वसम्मत रुपमा चयन हुनु भएको छ । आज सम्पन्न युनियनको १२ औं वार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेशनमा घर्ती मगर चयन भएका हुन् ।

समितिको उपाध्यक्ष सुवास आचार्य, उषा पौडेल, सचिवमा डम्मर बुढा मगर, कोषाध्यक्ष छविलाल पाण्डे, सहसचिवमा नवराज नेपाली चयन हुनु भएको छ । सदस्यहरुमा रामशरण पोखरेल, मञ्जुल शाक्य, भरत सापकोटा, कृष्ण समिर, जितबहादुर क्षेत्री, राजु शर्मा, लिला श्रीस, सुरेश छन्त्याल र चक्रवीर थापा चयन भएका छन् ।

अधिवेशनको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले उद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले मुलुक परिवर्तनमा पत्रकारले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । पत्रकारले सरकारले गरेका काम जनतासँग पु¥याउने र जनताका समस्या सरकारसँग पु¥याउने पुलको काम गरेको उहाँको भनाइ छ ।

प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले अहिले पत्रकार महासंघमा भइरहेको शुद्धीकरणको अभियान युनियनले सुरुवात गरेको बताउनुभयो । युनियनले लामो समयदेखि श्रमजीवि पत्रकारको हितका काम गर्दै आएको भन्दै अब पत्रकार उत्पादनमा लाग्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस बागलुङका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य जित शेरचन, दिल्लीराम सुवेदी, प्रेस युनियनका केन्द्रीय महासचिव दिलिप पौडेल, पूर्व उपाध्यक्ष रमेश पौडेल, पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी, नेपाली कांग्रेस बागलुङका पूर्व उपसभापति जगदिशचन्द्र उपाध्याय, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेल, प्रेस युनियनका केन्द्रीय सदस्य साजन परियार, महादिवेशन प्रतिनिधि पार्वती आचार्य, नेपाल स्वास्थ्यकर्मीसँग गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष देवप्रकाश घिमिरे, महिला संघ बागलुङका अध्यक्ष सकुन्तला शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, रेडक्रम सोसाइटी बागलुङका उपसभाति सीता शर्मा लगायतले बोल्नु भएको थियो ।

कार्यक्रम प्रेस युनियन बागलुङका अध्यक्ष प्रदीप पन्तको अध्यक्षता, उपाध्यक्ष संगम घर्ती मगरको स्वागत र सचिव नारायण रिजालको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *