दुदिलाभाटीमा जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम


आदर्श अनलाइन, बागलुङ
धौलागिरी आर्युवेद औषधालय बागलुङले गलकोट नगरपालिका–१ दुदिलाभाटीमा शनिबार जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम सञ्चालन गरेको छ । जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रमबाट दुदिलाभाटीका एक सय जेष्ठ नागरिक लाभान्वित भएका छन् ।

कार्यक्रममा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण, योग तथा ध्यान, स्वस्थ जीवन शैली र आहार व्यहार सम्बन्धी प्रशिक्षण गरिएको थियो ।

कार्यक्रममा धौलागिरी आयुर्वेद औषधालयका प्रमुख डा. सरोज कुमार रायले स्वस्थ जीवन शैली र आहार व्यहारका विषयमा सहजीकरण गर्नुभएको ।

कार्यक्रममा एकराज ढुङ्गानाले योग शिकाउनुभएको थियो । कार्यक्रममा रगतमा चितीको मात्रा, व्लड पे्रसर परिक्षण गरिएको थियो । जबै जेष्ठ नागकिरलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदीक औषधी र चुर्ण वितरण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *