सनराईज बैंकद्वारा पूर्वाधार निर्माणमा तीन लाख सहयोग


आदर्श अनलाइन, बगालुङ

सनराईज बैंक लिमिटेडद्वारा कमल ब्राह्मा मन्दिरको पूर्वाधार निर्माणमा रु. तीन लाख सहयोग प्रदान गरेको छ ।

बैंकको बागलुङ शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बागलुङ नगरपालिका–३ स्थित पश्चिम कमल ब्रह्मा मन्दिरको पूर्वाधार निर्माणको लागि रु.तीन लाख आर्थिक सहयोग गरेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा समितिका सचिव लेखनाथ पौडेललाई बैंकका गण्डकी प्रदेश प्रमुख सुजन पौडेल र शाखा प्रमुख अर्जुन पौडेलले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको शाखाका कर्मचारी प्रवेश शर्माले बताउनुभयो ।

कार्यक्रम सनराईज बैंक लि. गण्डकी प्रदेश प्रमुख अर्जुन पौडेलको अध्यक्षता, समितिका सचिव लेखनाथ पौडेलको प्रमुख आतिथ्यता, समितिका सल्लाहकार जनकराज पौडेल, स्थानीय विरेन्द्र पौडेल लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *