धम्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा शनिबार साँझ जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बागलुङ सदरमुकाम बागलुङ बजारदेखि धम्जा तर्फ जाँदै गरेको ग १ ज ७१९० नम्बरको जीप काठेखोला–३ रामचालुमा दुर्घटना हुँदा चालक धम्जाका विजय विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा दुई जना महिला घाईते भएका छन् । घाइतेको उपचारको लागि बागलुङ सदरमुकाममा रहेको धौलागिरी अस्पताल ल्याइदै गरेको स्थानीय तिलक खड्काले जानकारी दिनुभयो ।

जीप करिब सडकदेखि ५० मिटर तल खसेको बताईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *