धौलागिरी अस्पतालमा मनोमानी : मेसुको मात्रै दोब्बर सुविधा


आदर्श अनलाइन, बागलुङ
धौलागिरी अस्पतालमा पछिल्लो समय अस्पताल प्रशासनको मनोमानी देखिएको छ ।

पछिल्लो समय अस्पतालको गुणस्तर वृद्धि भइरहेको सन्दर्भमा अस्पतालले मनोमानी ढंगले कर्मचारी भर्ती गर्ने तथा सिमित व्यक्तिको मात्रै सेवा सुविधा थप्ने कार्यले भएको पाइएको छ ।
अस्पतालको सेवामा कार्यरत डाक्टर तथा कर्मचारीहरुको मनोवल गिर्नेगरी मेसुको मात्रै सुविधा दोब्बर बनाइएको पाइएको छ ।

धौलागिरी व्यवस्थापन समितिको बैठकले अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.रवि रंजन प्रधानलाई तलब बराबरको अतिरिक्त सुविधा थप्ने निर्णय गरेको पाइएको छ । अस्पताल विकास समितिले थप अतिरिक्त सुविधा ब्यहोर्ने गरि सुविधा थपको निर्णय भएपछि अन्य चिकित्सक तथा कर्मचारीहरुमा चरम निराशा छाएको छ ।

बैशाख ११ गते बसेको बैठकले डा.रंजनको मात्रै तलब बराबरको सुविधा थप्ने निर्णय गरेको थियो । अस्पताल विकास समितिको यस्तो निर्णयले अन्य कर्मचारीहरु असन्तुष्ट बनेका छन् । मेडिकल सुपरिटेण्डेन्ट डा. रंजनलेमात्रै अस्पतालमा अतिरिक्त काम नगरेको भन्दै अन्य चिकित्सकहरु मारमा पार्ने निर्णय भएको स्रोतको दाबी छ । अस्पतालमा पछिल्लो समय आफन्त र दलका कार्यकर्ता भर्ती गर्ने क्रम रोकिएको छैन ।

बैठकले ‘बिहान, बेलुका र अतिरिक्त समयमा समेत कार्यालयको काम काजमा खट्नु पर्ने भएकोले प्रमुख मेसुलाई नेपाल सरकारले तोकिएको तलब बराबर अस्पताल व्यवस्थापन समितिको तर्फबाट व्यहोर्ने गरि थप अतिरिक्त सुविधा उपलब्ध गराउने निर्णय गरियो’ लेखिएको छ ।

डा.रंजन भने कार्यकक्षमा सामाजिक सञ्जालमा व्यसत देखिने गरेको टिकटक पाउन सकिन्छ । उहाँले नेपाल सरकारले कार्यालय समय र कर्मचारी पोषाकमा टिकटक चलाउन निशेष गरेपनि उहाँले कर्मचारी पोशाकमा कार्यकक्षमै टिकटक भिडियो बनाएर अपलोड गर्ने गरेको पाइएको छ ।

अस्पतालका प्रशासकीय अधिकृत तेज प्रसाद न्यूरेले मेसुको मात्रै सेवा सुविधा थप भएपनि अन्य चिकित्सकको समेत सेवा थप गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो । पढ्नुहोस निर्णय

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *