आदर्श सञ्चार सहकारी संस्थाद्वारा राहत हस्तान्तरण

आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले राहत हस्तान्तरण गरेको छ ।

संस्थाका शेयर सदस्य मातृका आचार्यकी आमा, शेयर सदस्य लक्ष्मी पौडेल आचार्यकी सासुआमा बागलुङ नगरपालिका – ५, तल्ली बान्द्रे निवासी हरिकलादेवी उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा गरि राहत हस्तान्तरण गरेको हो ।

उपाध्यायको निधन भएको एघारौं दिनको पुण्यतीथि पारेर सोमबार श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाले राहत रकम हस्तान्तरण गरेको हो ।

श्रद्धाञ्जली सभामा संस्थाका सञ्चालक अम्बिका जि.सी, प्रबन्धक दिपकराज सापकोटा, कर्जा विभाग प्रमुख रुपादेवी ढकाल लगायतले एकाघरका परिवारका सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप नगद रु. दश हजार रुपैयाँ स्वर्गीय उपाध्यायकी छोरी सारदा शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।

आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा रु.१५ हजार र शेयर सदस्यका एकाघरका परिवारका सदस्यको निधनमा रु.५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।

आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखि नै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमा समेत काम गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *