रुममा निःशुल्क दन्त शिविर

आदर्श अनलाइन, म्याग्दी
म्याग्दीको मालिका गाउँपालिका–२ रुमका बासिन्दाले आफ्नो गाउँघरमै निःशुल्क दन्त उपचार गराएका छन् ।

लायन्स क्लव अफ म्याग्दी दरबाङको आयोजनामा रुमको राष्ट्रिय माध्यामिक विद्यालयमा भएको निःशुल्क शिविरमा रुम क्षेत्रका दुई सय ७० जनाको दन्त परीक्षण गर्नुका साथै ३० जनाको दाँत उपचार गरेको क्लवका अध्यक्ष थमन गौतमले जानकारी दिनुभयो ।

निःशुल्क औषधी, ब्रस वितरण गर्नुका साथ दाँत माझ्ने तरिका सिकाएको र दन्त स्वास्थ्य सम्बन्धी परामर्श दिइएको थियो । शिविरमा डेन्टल हाइजिनिष्ट प्रेमबहादुर पुनले सेवा दिनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *