बेनीमा मनोसामाजिक मनोविमर्श अभिमुखिकरण

आदर्श अनलाइन, म्याग्दी

मनोसामाजिक समस्याका बारेमा म्याग्दीको बेनीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालको आयोजना तथा सञ्चारिका समूह म्याग्दीको सहकार्य र नागरिक आवाजको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा म्याग्दीका सञ्चार क्षेत्र एवम् अन्य क्षेत्रका अगुवा महिलाहरुको सहभागिता रहेको थियो । मनोसामाजिक समस्याको बारेमा जनचेतना तथा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सञ्चारीका समूह म्याग्दीकी अध्यक्ष देवी जिसीले बताउनुभयो । मनोसामाजिक समस्या गम्भीर समस्या रहेको र यसको सम्बन्ध समाज संग रहने र मन र समाज बीच तालमेल नहुँदा मनोसामाजिक समस्या उत्पन्न हुने हुँदा यसबारेमा जान्न र बुझ्न अति आवश्यक रहेको कार्यक्रममा बताइएको थियो ।

कार्यक्रममा साइको सोसियल काउन्सिल अस्पतालका मनोविमर्सकर्ता लक्ष्मी बिकले सहजीकरण गर्नुभएको थियो । उहाँले मनोसामाजिक समस्याको आयामहरु, कारण तथा लक्षण समस्याबाट बच्ने उपायको बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले मनोसामाजिक समस्याको प्रमुख कारण समाज रहेकोले सामाजिक गतिबिधिले यो समस्यालाई थप प्रभावित पार्ने बताउनुभयो । घरदेखि विभिन्न संघसंस्थामा काम गर्ने व्यक्तिलाई मनोसामाजिक समस्या हुन सक्ने भएकाले पारीवारिक समस्याका घटना तथा अवस्था तथा परिवारका सदस्यले गर्ने व्यवहारले कार्यालय तथा संघ संस्थामा समेत प्रभाव पार्ने जानकारी गराइएको थियो ।

मनोसामाजिक समस्या घर वा कार्यालयमा गरिने व्यवहारबाट पनि थपघट हुने भएकाले यस विषयमा सबै सचेत हुन पर्नेमा जोड दिइएको थियो । मानिसको मन र समाज बीच सन्तुलन मिल्न नसक्दा विभिन्न घटना तथा दुर्घटना पनि हुन सक्ने भएकाले यस तर्फ सबैले ध्यान दिनु पर्ने कार्यक्रममा बताइएको थियो ।

बेनी नगरपालीकाकी पूर्व उपप्रमुख सञ्जु बरुवालले मनोसामाजिक समस्याका भएको भए पनि त्यसका बारेमा ज्ञान नहुँदा दुर्घटना हुने गरेको बताउनुभयो । उहाँले यस्ता समस्या समाधानका लागि सबैले ध्यान दिनु पर्ने र यस्ता कार्यक्रमहरु प्रभावकारी तबरले आयोजना हुनु पर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *