१०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा धौलागिरी अस्पतालका बिरामीलाई फलफुल वितरण

रोहन जि.सी, बागलुङ

‘दिगो विकासका लागि सहकारी’ भन्ने मूल नारा सहित १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङले धौलागिरी अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको छ ।

सहकारीको सिद्धान्त मध्य समुदायप्रति चासो अन्र्तगत जिल्ला सहकारी संघ लिमिटेड बागलुङले नीतिगत व्यवस्थामार्फत समुदायको दिगो विकासमा टेवा पु¥याउनु पर्छ र आफ्ना प्रत्येक निर्णय एवं योजनाले समुदायमा पार्ने प्रभाव बिचार गरी सकारात्मक योगदानका लागि फलफुल वितरण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड बागलुङका सञ्चालक तथा काठेखोला गाँउपालिका वडा नं. ६ का वडा अध्यक्ष वृहस्पती कंडेल, धौलागिरी अस्पतालका वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक देवी भट्टराई, राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रबन्धक युवराज त्रिपाठी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङले धौलागिरी अस्पतालको इमरजेन्सी तथा अन्य वार्ड गरी ७० जना बिरामीलाई फलफुल वितरण गरेको संघका प्रबन्धक सिर्जना शर्माले जानकारी दिनुभयोे ।
जिल्ला सहकारी संघ लिमिटेड बागलुङले हरेक अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा विभिन्न सामाजिक संघसंस्थामा सहयोग गर्दै मनाउने गर्दछ ।

संघले गत वर्षको १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवसमा बाग्लुङ कारागारका कैदी बन्दीलाई खेलकुद सामग्री सहयोग गरेको जिल्ला सहकारी संघ लिमिटेडका सञ्चालक जगन्नाथ सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रम जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक एंव गण्डकी प्रदेश संयोजक हुमाकुमारी जि.सी (अञ्जु) को अध्यक्षता, संघको सञ्चालक खिम कार्कीको स्वागत तथा सचिव तेज प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) को अगुवाइमा जुलाई महिनाको पहिलो शनिबार विश्वभर सहकारी दिवस मनाईन्छ ।

त्यस्तै राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसको सँगै ३०औं राष्ट्रिय सहकारी महासंघ दिवस मनाएको छ । महासंघले उत्कृष्ट सहकारी संघ÷संस्था तथा व्यक्ति सम्मान कार्यक्रम गरी दिवस मनाएको छ ।

साथै विभिन्न जिल्ला सहकारी संघ, विषयगत जिल्ला संघ र प्रारम्भिक सहकारी संस्थाले विविध कार्यक्रम गरी यो दिवस मनाएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *