व्याजदर समायोजनको माग गर्दै ज्ञापन पत्र

आदर्श अनलाइन, म्याग्दी

म्याग्दी उद्योग वाणिज्य संघले बैंकहरुको ब्याजदर समायोजनको माग गर्दै प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल मार्फत नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र पठाएको छ ।

गर्भनर महाप्रसाद अधिकारीलाई सम्बोधन गरेर बुझाएको ज्ञापन म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले प्रजिअलाई हस्तान्तरण गर्नुभएको थियो । ज्ञापनपत्र बुझाउँदै अध्यक्ष कटुवालले राष्ट्र बैंक समक्ष नीजि क्षेत्रले पटकपटक अगरेको आग्रहलाइ कार्यान्वयनमा ल्याउनु पर्ने धारणा राख्नुभएको थियो ।

व्याजदर हेरफेर गर्न राष्ट्र बैंकबाट निर्देशन भएपनि बैंङ्क तथा वित्तिय संस्थाले व्यवसायीलाई मारमा पार्ने गरि कुनै पनि सम्बोधन नगरेको उहाँको आरोप थियो । राष्ट्र बैंङ्कको निर्देशन पश्चात पनि निक्षेपको व्याजदर घटाएका बैंङ्कहरुले कर्जाको व्याजदर नघटाएर विभिन्न बाहना बनाउँदै व्यवसायीलाई थप मर्कामा पारेको अध्यक्ष कटुवालको भनाई थियो ।

ज्ञापनपत्र बुझाउन म्याग्दी उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ एवम् सुमन श्रेष्ठ, भोजबहादुर रिजाल लगायतको सहभागिता रहेको थियो ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ पौडेलले आवश्यक कार्यार्थ आफुले आफ्नो तबरबाट माथि पठाउने बताउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *