म्याग्दीका म्यानेजर्सलाई सहकारी बैंकको बधाई

मनकुमारी केसी, बागलुङ
कोअपरेटिभ म्यानेजर्स क्लव (सिएमसी) म्याग्दीको दोस्रो वार्षिक साधारणसभाबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई राष्ट्रिय सहकारी बैंकले वधाई तथा शुभकामना व्यक्त गरेको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखा र जिल्ला सम्पर्क समन्वय उपसमिति म्याग्दीका तर्फबाट म्यानेजर्स क्लवका पदाधिकारी तथा सदस्यहरुलाई सोमबार बधाई तथा शुभकामना दिइएको हो ।

बैंकका सञ्चालक राम बहादुर जिसी, जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीका अध्यक्ष दिपक कार्की, राष्ट्रिय सहकारी बैंक जिल्ला सम्पर्क समन्वय उपसमिति म्याग्दीका संयोजक रमेश गिरी, बैकका बागलुङ शाखा प्रमुख युवराज त्रिपाठीले क्लवका पदाधिकारी तथा सदस्यलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक जिसीले सहकारीलाई विधिसम्मत सञ्चालनका लागि प्रवन्धकको भूमिका बढाउनु पर्नेमा जोड दिनुभयो । सञ्चालकलाई विधिमा रहेर योजना बनाउन तथा सदस्यलाई सहकारीको भावना अनुसार संस्थासंग कारोबार गर्नका लागि प्रवन्धकको भूमिका बढी हुने भएकाले दक्षता अभिवृद्धि आवश्यक रहेको बताउनुभयो ।

जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष कार्कीले सहकारीमा देखिएका समस्या, म्याग्दीका सहकारीको अवस्था लगायतका विषयमा जानकारी गराउदै सबै मिलेर सहकारीका समस्या समाधान गर्नु पर्नेमा जोड दिनुभयो । बैंकको सम्पर्क समन्वय उपसमितिका संयोजक गिरीले सहकारीका सबल पक्षका बारेमा शेयर सदस्य र आम समुदायलाई जानकारी गराउने गरी सहकारी संघ संस्थाका तर्फबाट कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनुभयो ।

कोअपरेटिभ म्यानेजर्स क्लव (सिएमसी) म्याग्दीका अध्यक्ष बसन्त कुमार श्रेष्ठले जिल्लामा क्रियाशिल सबै सहकारीका म्यानेजर्सलाई क्लवमा सहभागी गराउनुका साथै संस्थागत सुधारमा सबैसंग समन्वय गरेर काम गर्ने प्रविवद्धता व्यक्त गर्नु भएको थियो ।

म्याग्दी जिल्ला भित्रका सहकारी संस्थाका प्रवन्धकको हालै सम्पन्न दोस्रो वार्षिक साधारणसभाबाट बसन्तकुमार श्रेष्ठ अध्यक्ष रहेको कार्यसमिति चयन भएको थियो । क्लबको उपाध्यक्षमा नेत्रराज सुवेदी, सचिवमा तेजकुमारी बानियाँ, कोषाध्यक्षमा समीक्षा ढुङ्गाना चयन हुनुभएको थियो । त्यसैगरी सदस्यहरुमा यमनारायण पाईजा, जमुना देवी पौडेल, लक्ष्मी शर्मा, डिल्लीराज पौडेल, शिव खड्का, सरस्वती बानियाँ चयन हुनु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *