इमेज बचत पीडित संघर्ष समितिद्वारा राँकेजुलुस प्रदर्शन

लक्ष्मी शर्मा, बागलुङ
इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङका बचत कर्ताले बचत फिर्ताको माग गर्दै राँकेजुलुस प्रदर्शन गरेका छन् ।

सहकारीका अध्यक्ष देवकुमार नेपाली बचतकर्ताको १ अर्व भन्दा बढी रकम हिनामिना गरेर फरार भएपछि इमेज बचतकर्ता संघर्ष समिति गठन गरेर संघर्षका कार्यक्रम गर्दै आएको समितिको आव्हनमा सयाँै बचतकर्ताले राँकेजुलुस प्रदर्शन गरेका हुन् ।

बागलुङ नगरपालिका–३ स्थित लाङ्घालीचोकबाट निस्केको राँकेजुलुसलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

राँकेजुलुस सहित सयौको संख्यामा निस्केका बचतकर्ताले प्रहरीको घेरा तोड्दै इमेज बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा पुगेका थिए ।

जुलुसमा सहभागी भएका बचतकर्ताले सहकारीका अध्यक्ष देवकुमार नेपाली र नेपाल सरकार विरुद्ध नारा लगाएका थिए । उनिहरुले आफ्नो बचत रकम फिर्ता गर्न, देवकुमार नेपालीलाई गिरफ्तार गर्न नारा लगाएका थिए ।


जुलुसमा सहभागी भएका बचतकर्तालाई सम्बोधन गर्दै संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले असार २१ गते बागलुङ बजारमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको भन्दै सहभागिताको लागि आव्हन गर्नुभएको थियो ।

उहाँले इमेज सहकारीबाट पीडित बनेका १ हजार २ सय ६० जनाले प्रहरीमा जाहेरी दिएपनि इमेजका अध्यक्षलाई खोज्नको लागि प्रहरीले सक्रियता नदेखाएको, पीडित प्रति राज्य जवाफदेही नभएको भन्दै शसक्त आन्दोनमा जाने तयारी गरेको बताउनुभयो ।

उहाँले इमेज बचत पीडित संघर्ष समितिको आव्हानमा वृहत शक्ति प्रदर्शन सहित ¥याली गरि बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *