आदर्शकर्मी बास्कुने सम्मानित

आदर्श अनलाइन, बागलुङ

आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित सञ्चार माध्यमका म्याग्दी संवाददाता अमृतप्रसाद बास्कुने सम्मानित हुनुभएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)बाट गण्डकी प्रदेशको उत्कृट प्रतिनिधिको रुपमा सम्मानित हुनुभएको हो ।

इन्सेकले हरेक वर्ष प्रकाशन गर्ने ‘नेपाल मानवअधिकार वर्ष पुस्तक’को लागि उत्कृष्ट कार्य गरेकोले उहाँलाई सम्मानित गरिएको हो । इन्सेकले हरेक वर्ष मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरुको अभिलेख गरि वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ ।

सन २०२२ का घटनाहरुको संग्रह गरि मानवअधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन गर्ने क्रममा गण्डकी प्रदेशबाट उत्कृष्ट कार्य गरेकोले उहाँलाई उत्कृष्ट जिल्ला प्रतिनिधिका रुपमा सम्मान गरेको हो ।

असार २० गते पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले नगद सात हजार सहित सम्मानपत्रले सम्मान गर्नुभएको इन्सेकका गण्डमी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलले जानकारी दिनुभयो ।

बुधबार पोखरा आयोजित गण्डकी प्रदेशको मानवअधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रमका अवसरमा सम्मान गरिएका हो । गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गण्डकी प्रदेशसभाका माओवादी केन्द्रकी प्रमुख सचेतक कुशुम बुढा पुन, नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश बराल, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयकी सचिव मनमायाँ पंगेनी, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालय प्रमुख मायाँदेवी शर्मालगायतले मन्तव्य राख्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *