उद्यमी व्यवसायी र सरोकारवाला बीच अन्तरसंवाद


आदर्श अनलाइन, बागलुङ
बागलुङका व्यवसायीहरुको साझा समस्या समाधान तथा आगमी योजना निर्माण गर्ने उदेश्यले उद्यमी व्यवसायी एवंम सरोकारवाला बीच अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा उद्यमी व्यवसायी एवंम सरोकारवाला बीच अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा उद्योग वाणिज्य संघले गरेका कामको वारेमा जानकारी गराउदै आगामी दिनमा व्यवसायीक हितमा संघले कसरी काग गर्न सक्छ भन्ने विषयमा लिखित सुझाव लिईएको छ । मुलुकको अर्थतन्त्र खस्किँदै गहिरहेको र बागलुङको व्यवसाय पनि धरासायी हुँदै गएको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । जिल्लामा पछिल्लो समय व्यापार खस्कदै गएकोले निकट भविश्यमा ठुलो असर पर्ने भएकोले यसको वैकल्पिक समाधान गर्न उद्योग वाणिज्य संघले ठोस कदम चाल्नुपर्ने माग व्यवसायीले गरेका छन्।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य युवराज राजभण्डारीले पछिल्ला दिनहरुमा बागलुङ बजारका धेरै सटर खाली हुँदै गएको भन्दै खस्कदो व्यवसाय माथि उठाँउने काम गर्न आवश्यक रहेको बताउनु भयो । स्थानिय उत्पादनको बजारिकरण र ठुला लगानीकर्ता जिल्ला भित्राउनको लागि सवैले पहल गर्नुपर्ने बताउनु भयो । विगतमा स्थानिय सरकारले सहयोग नगर्दा जिल्लाको व्यवसाय खस्कदै गएको भन्दै स्थानिय तहले व्यवसायी मैत्री निति बनाई व्यासायीक हितमा काम गर्न आग्रह गर्नु भयो । राजभण्डारीले महिनौंदेखि शिथिल रहेको अर्थतन्त्रलाई गतिशील बनाउन सरकार र निजीक्षेत्र दुवै पक्षबाट केही सुधारका सकारात्मक प्रयासहरु भएको बताउनु भयो ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कार्यसमिति सदस्य दयाराम पौडेल,बागलुङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जयराम भारी, बैकर्स बागलुङका अध्यक्ष हेमराज शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । उहाँहरुले अर्थतन्त्र शिथिल हुँदा र उद्योगी व्यवसायीहरु निराश हुँदा राजश्वमा मात्रै नभई जिल्लाको प्रगतीमा नै नकारात्मक असर पर्ने भएकोले उद्योगी व्यवसायीहरुको मनोबल उच्च राख्ने र अर्थतन्त्रलाई चलायमान बनाउने सबैको दायित्व भएको बताउनु भयो ।

सो अवसरमा उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले संघले गरेका कामको वारेमा जनारी गराउदै अर्थतन्त्रको विकास र व्यवसायिक वातावरण सुधारमा उद्योग वाणिज्य संघले काम गरिरहेको बताउनु भयो । निजी क्षेत्र कठिन अवस्थालाई चिर्दै अगाडि बढेको भन्दै निजी क्षेत्र अर्थतन्त्रको बलियो आधार भएकोले यस कठिन अवस्थाबाट निकास दिन सवैको साझा पहल आवश्यक रहेको बताउनु भयो ।

उद्योग वाणिज्य संघको पहल र बागलुङ नगरपालिका सुरक्षा नियका, बैकर्स बागलुङ सँग सहकार्य गरि बागलुङ बजारका वडा नम्वर १,२,३ र ४ मुख्य क्षेत्रमा सिसी क्यामेरा जडानको लागि फाईवर फैलाउने काम सकेर १३ वटा क्यामेरा जडान गरिएको जानकारी दिनु भयो । प्रदेश सरकार र उद्योग वाणिज्य संघको अन्तरिक स्रोतबाट संघको सटरमा कोसेली घर निर्माण गरि संचालनको तयारी लगाएतका काम गरेको बताउनु भयो ।

सघले यो वर्ष सातौं बागलुङ महोत्सव २०८० आयोजना गर्ने,बागलुङ बजारका विभिन्न चोकहरुमा १ सय ८६ वटा सिसी क्यामेरा जडान गर्ने, सार्वजनिक शैचालयन निर्माण, वाणिज्य पुस्तकालय, उद्यमी व्यवसायीलाई प्रविधिमैत्री बनाउन तालिम शिक्षा दिने, युवा उद्यमी सम्मेलन गर्ने, सचिवलालय व्यवस्थापन, बैंक तथा वित्तिय समस्या समाधानमा सघाउने योजना रहेको बताउनु भयो । कँडेलले बागलुङको पर्यटन प्रर्वदन गर्न र महत्वपूर्ण लगानी भित्राउन ढोरपाटनमा उद्योग वाणिज्य महासंघको केन्द्रीय बैठक गर्ने बताउनु भयो ।

कार्यक्रम संघका अध्यक्ष कँडेलको अध्यक्षता वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्यको धन्यवादन र महासचिव ऋषिराम गौतमको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *