बेनीमा योग शिविर शुरु

आदर्श अनलाइन, म्याग्दी
नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको अयोजनामा निःशुल्क योग शिविर शुरु भएको छ । बेनी बजारको कालिपुल स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा तालिम शुरु भएको योग शिविर आगामी साउन १२ गतेसम्म संचालन हुने छ ।

मानव स्वास्थ्यलाई अझ मजबुत बनाउने हेतुले थालिएको शिविरमा बेनी बजारबासी तथा प्रतिष्ठानका पदाधिकारी तथा सदस्य सहभागिता रहेको नेपाल राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीले बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका– ८ वडा सदस्य यामबहादुर बानियाँ, शिक्षा मार्ग आमा समुहकी अध्यक्ष विष्णु केसी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । २१ दिनसम्म योग शिविर संचालन गर्नका लागि प्रतिष्ठानको अनुरोधमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क रुपमा हल उपलब्ध गराएको छ ।

हरेक दिन विहान ४ः४५ देखि ६ बजेसम्म योग अभ्यास गराईने प्रतिष्ठानका अध्यक्ष जिसीले बताउनुभयो । मानिस स्वस्थ रहनका लागि योगको आवश्यकता महशुस गरि योग शिविर संचालन गरिएको उहाँले बताउनुभयो ।

उद्घाटन कार्यक्रम अध्यक्ष जिसीको अध्यक्षता, प्रथम उपाध्यक्ष एकराज चापागाइँको स्वागत र द्वितीय उपाध्यक्ष पदम विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *