एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

आदर्श अनलाइन, म्याग्दी
माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले एसईई परीक्षामा उत्तीर्ण विधार्थीहरुलाई सम्मान गरेको छ । आइतबार एक समारोहबीच एसईई परीक्षा उत्तीर्ण हुने ५४ जना विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष प्रमोद श्रेष्ठले उच्च शिक्षा अध्ययनको लागि अङ्कको आधारमा भन्दा पनि रुचि र दक्षताको आधारमा विषय छनोट गर्न सुझाव दिनुभएको छ । उहाँले आगामी दिनमा पनि अध्ययनलाई उच्च प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

विद्यालयका शैक्षिक निर्देशक राजु केसीले आफूले पढ्न सक्ने र पढ्नलाई रुचि भएका विषयहरु छान्न विद्यार्थीलाई सुझाव दिनुभयो । अभिभावकले आफ्ना बालबालिकाहरुलाई यो वा त्यो विषय अध्ययन गर भनेर दवाव दिन नहुने बताउनुभयो ।

कार्यक्रममा एसईईमा सम्मिलित भई ३.७० र ३.३० जिपिएसहित उत्कृष्ट अङ्क ल्याउन सफल त्रिलोचन रिजाल र स्वस्तिका राई तथा उहाँहरुका अभिभावकलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । साथै अन्य विद्यार्थी र अभिभावकहरुलाई पनि सम्मान गरिएको थियो ।

विद्यालयका शिक्षक रामप्रसाद सुवेदीले सञ्चालन गरेको कार्यक्रममा एसर्ईईमा उत्कृष्ट नतिजा ल्याउन सफल बनाउने मावि तहका शिक्षक योगेश शर्मालाई पनि सम्मान गरिएको थियो । विद्यालयका अध्यक्ष श्रेष्ठको अध्यक्षता, सञ्चालक समितका सदस्यद्वय रमेश गिरी र सुविन श्रेष्ठ तथा गतवर्ष कक्षा १२ मा जिल्लाभर सर्वोकृष्ट अङ्क ल्याएका शसांक श्रेष्ठको उपस्थतिमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *