जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान


आदर्श अनलाइन, म्याग्दी

म्याग्दी धवलागिरी गाउँपालिका वडा नं–४ निवासी लोकराज रोका मगरले गाउँपालिकाकै पुरानो विद्यालयमा आवासिय रुपमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।

हेम नमुना आवासीय माध्यमिक विद्यालयको छात्रावासमा बसेर अध्ययन गर्ने ३१ जना विद्यार्थीलाई उक्त सामग्री प्रदान गर्नुभएको हो ।

धवलागिरी गाउँपालिका वडा वडा न–७ का वडा अध्यक्ष अशोक खत्रीले रोकाले उपलब्ध गराउनुभएको सामग्री हस्तान्तरण गर्नुभएको हो । बैदेशिक रोजगारीमा रहनुभएका रोकाले आफ्नो जन्म दिनको अवसरमा शैक्षिक सामग्री उपलब्ध गराउनुभएको थियो । नेपालमा रहँदा शिक्षण पेशामा क्रियाशिल रोकाले हरेक जन्मदिनमा शैक्षिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ ।

रोका नेपालमा रहँदा नेपाल शिक्षक संगठन धवलागिरी गाउँपालिकाको संस्थापक कोषाध्यक्ष र नेपाल शिक्षक संगठन जिल्ला कमिटी सदस्य रहेर काम गर्नुभएको थियो । प्रवासमा रहँदा म्याग्दी प्रवासी नेपाली संघ(मोना) साईप्रसको संस्थापक र प्रवासी नेपाली मञ्च साईप्रसको संस्थापक अध्यक्ष रहनु भएको थियो ।

अहिले पोर्चुगलमा बस्दै आउनु भएका उहाँ हाल म्याग्दी प्रवासी नेपाली संघ(मोना) युरोपका क्षेत्रिय संयोजक हुनुहुन्छ । शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा धवलागिरी गाउँपालिका वडा नं–७ का अध्यक्ष अशोक खत्री र शिक्षक अभिभावक संघका अध्यक्ष छेम गुरुङल, विद्यालयका प्रधानाध्यापक शेरबहादुर केसीगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक नेत्रलाल सुवेदीले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *