बडिगाडमा जेसिबीको ठक्करबाट बालकको मृत्यु


आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको बडिगाडमा सडक खन्ने क्रममा जेसिबीको ठक्करले बालकको मृत्यु भएको छ ।

बडिगाड गाउँपालिका–७ भत्रेनी देखि सोइरेनी सम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करले स्थानीय भान बहादुर घर्तीको छोरा वर्ष १४ वर्षीय सुनिल घर्तीको सोमबार घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिनुभयो ।

जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको प्रहरीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *