बीबीएमा सत प्रतिशत नतिजा सहित देशकै उत्कृष्ट बन्यो धौलागिरी बहुमुखी क्याम्पस

आदर्श अनलाइन, बागलुङ

त्रिभुवन विश्वविद्यालय अन्र्तगतको आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पस बागलुङले बीबीए सातौं सेमेस्टरको परीक्षामा देशमै उत्कृष्ट नतिजा हासिल गरेको छ ।

उक्त परीक्षामा धौलागिरी बहुमुखी क्याम्पसको पहिलो ब्याच सातौं सेमेस्टरमा सहभागी छात्रा प्रतिक्षा गौतमले ४ जिपीए अंक ल्याउँदै त्रिभुवन विश्वविद्यालयमा पहिलो बनेकी हुन् ।

परीक्षामा प्रतिक्षा गौतम नेशनल टपर बनेसँगै धौलागिरी बहुमुखी क्याम्पस देशभरमा नै उत्कृष्ट र प्रदेशमा प्रथम बन्न सफल भएको क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले बताउनुभयो ।

क्याम्पसको तर्फबाट परीक्षामा सहभागीमध्ये ८० प्रतिशत विद्यार्थीको ३.९ जिपीए भन्दा माथि अंक आएको प्राध्यापक जोन बज्राचार्यले बताउनुभयो । धौलागिरी बहुमुखी क्याम्पसले बीबीए कक्षा सुरुवात गर्दा देखिनै उत्कृष्ट नतिजा ल्याउँदै देशमै अब्बल भएको छ ।

धौलागिरी बहुमुखी क्याम्पसबाट परीक्षामा सहभागी २८ जना विद्यार्थी उत्कृष्ट नजिता सहित परीक्षामा उत्तीर्ण भएका छन् ।

अहिले धौलागिरी बहुमुखी क्याम्पसले बीबीए कार्यक्रमलाई पहिलो प्राथमिकताको रुपमा लिएको प्राध्यापक विप्लव शर्माले जानकारी दिनुभयो । बीबीए अन्र्तगत धौलागिरी बहुमुखी क्याम्पसमा ४ ब्याचका विद्यार्थी अध्ययन गरिरहेका छन् । हाल बीबीएमा कुल १५२ जना विद्यार्थी अध्यनरत रहेको प्राध्यापक बज्राचार्यले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्