खानेपानी योजना कार्यान्वयनका लागि समय तालिका बनाउँछौं : मन्त्री जुग्जाली

आदर्श अनलाइन, म्याग्दी

प्रदेश भित्र रहेका कुनै पनि आयोजनालाई सम्पन्न गर्नका लागि समय तालिका बनाएरै अगाडी बढ्ने गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बताउनुभएको छ ।

बेनीमा कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सम्बोधन गर्दै उहाँले ढिलासुस्ति विकास आयोजनाको प्रमुख चुनौती भएकोले त्यसलाई निस्तेज पार्न समयतालिका आवश्यक रहेको औंल्याउनु भएको हो । राज्य कृषि प्रधान भएको कारणले गर्दा लिफ्ट सिचाईको विद्युत महशुल छुट दिने र खानेपानी आयोजनाको विद्युत महशुल पनि छुट दिने कार्यक्रम प्रदेश सरकारले ल्याएको बताउनुभयो ।

आगामी वर्षको लागि प्रदेश सरकारले भौतिक मन्त्रालयलाई १२ अर्ब ५० करोड बिनियोजन गरेको उहाँले भन्नुभयो । मन्त्री जुगजालीले प्रदेश भित्र टुक्रे योजना कटौति गरिएको समेत जानकारी दिनुभयो । तीस लाख माथिका योजना छन्, सबै पूर्वाधार कार्यालयहरुलाई समय तालिका बनाएर भदौ, असोज महिनादेखिनै योजनालाई कार्यान्वयनको पाटोमा लैजान्छौं उहाँले भन्नुभयो ।

पहिलो चौमासिकमा सर्वेक्षण, लागत अनुमान तयार र ठेक्का प्रक्रीयाको काम सकेर दोस्रो चौमासिकदेखि योजना कार्यान्वयनले तिब्रता पाउने गरि समय तालिका बनाउन लागिएको मन्त्री जुग्जालीले बताउनुभयो । कृषि उपजको सहज ढुवानी, निकासी र बजारीकरणका लागि पनि ग्रामिण सडक स्तरोन्नतिलाई प्राथमिकता दिएको बताउनुभयो ।
मन्त्री जुग्जालीले यसअघिका वर्षको तुलनामा यसपाली म्याग्दीमा प्रदेश सरकारबाट बिनियोजन हुने बजेट बढेको बताउदै त्यसको प्रभावकारी कार्यान्वयनमा जुट्न सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।

जिल्लाको सबै भन्दा टाढाको गाउँ गुर्जालाई सडक सञ्जालले जोड्ने, बेनी–पाखापानी सडक कालोपत्र गर्ने, यसअघि शुरु भएका सडक र सडक पुल निर्माणलाई पूर्णता दिन प्राथमिकता दिएको बताउनुभयो । सम्बृद्धि र विकासको पहिलो आधार शुसासन कायम गर्दै विकासलाई दिगो र गुणस्तरीय बनाउन समन्वय र सहजिकरण तथा निगरानीमा जोड दिनुभयो ।

उहाँले बर्खामा नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन सडक मर्मतका लागि पनि प्राथमिकताका साथ बजेट बिनियोजन भएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *