मालढुङ्गामा पोखराकी युवती बलात्कार गर्ने कुश्मिसेराबाट पक्राउ

मन कुमारी केसी, बागलुङ
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

पोखरा घर भएकी युवतीलाई प्रलोभनमा पारेर असार २५ गते बागलुङ नगरपालिका–१ मालढुङ्गाको जंगलमा युवाले बलात्कार गरेका थिए ।

बलात्कारमा परेको भन्दै पीडित युवतीले उजुरी दिएपछि प्रहरीले गुल्मीको कालिगण्डकी गाउँपालिका–७ छापाचौरका २८ वर्षीय बिमल हमाललाई असार २६ गते कुश्मिसेराबाट पक्राउ गरेको हो ।

पीडित युवतीले दिएको उजुरी र हुलियाको आधारमा हमालको खोजि गरेको प्रहरीले युवतीको बलात्कार गरि फरार भएका हमालले २६ गते जैमिनी नगरपालिकामा चोरी समेत गरेको पत्ता लगाएको छ ।

२५ गते युवतीलाई बलात्कार गरेर फरार भएका हमालले जैमिनी न.पा. वडा नं. –४, रातोबारी स्थित याम बहादुर क्षेत्रीको घरमा कोही नभएको समयमा चोरी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले आदर्श अनलाइनलाई जानकारी दिनुभयो ।

पक्राउ परेका हमालको साथबाट प्रहरीले सुनको बेरुवा औठी थान–१, सुनको सिक्री थान–१, सुनको मंगलसुत्र थान–१, ९ हजार ५ सय ४० रुपैयाँ नगद, बिभिन्न बिदेशी मुद्रा १७ थान, क्ष्तभ िमोबाईल थान– १ सिम सहित, ल्यप ष्ब मोबाईल थान–१ फेला पारेको डिएसपी केसीले बताउनुभयो ।

प्रहरीले जिल्ला अदालत बागलुङबाट आरोपित हमाललाई करणी सम्बन्धी कसुरमा अनुन्धान गर्न ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको छ ।

पीडित युवतीको धौलागिरी अस्पताल बागलुङमा असार २६ गते स्वास्थ्य परिक्षण गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *